Top Stories
  1. परराष्ट्रमन्त्री अमेरिका भ्रमणमा
  2. कोलकातामा नेपाल भवन बनाउन सरकारसँग आग्रह
  3. इतिहासकै सबैभन्दा बढी पर्यटक
  4. अमेरिकी आन्तरिक सुरक्षा मन्त्री जिन्केद्वारा राजीनामा
  5. व्यावसायिक मौरीपालनतर्फ आकर्षण
  6. करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
  7. लगानीयोग्य रकमको अभाव
  8. बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध
  9. आधुनिक कृषि बजारलाई जग्गा माग
  10. चौतारी लघुवित्तको आई पि ओ बाँडफाँट
  11. नेपालका बैंकहरु असुरक्षित महसुस
  12. स्मार्ट सिटी बन्दै अमरगढी
  13. व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्न चीन उत्सुक
  14. सुदूरपश्चिम पहाडमा हिमपातले जनजीवन प्रभावित
  15. समाचार पढेर  विद्यालयलाई सहयोग
  16. निःशुल्क स्वास्थ्य शिविर
  17. सहकारीबाट कर्जा लिई एक हजार बढी स्वरोजगार
  18. शेयर बजारमा केही सुधारको सङ्केत
  19. समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही
  20. भारतीय राष्ट्रपति म्यान्मारमा, दुई देशको सम्बन्ध थप सुमधुर
  21. स्ट्रासबर्ग को शूटिंग : गानमैन तीन को मृत्यु
  22. व्यवसायीले दिए  गभर्नरलाई सुझाव
  23. अवैध रूपमा बाघको छाला ओसारपसार
  24. शेयर बजारमा ह्रास
  25. खेतीयोग्य जमीन बाँझै
  26. अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रलाई रु तीन लाख सहयोग
  27. शेयर बजार मा दोहोरो अङ्कले वृद्धि
  28. स्क्रीनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव
  29. जोशी हाइड्रोको आइपीओ मंगलबार बिहान
  30. एक किलो नुनको रु ७०
  31. विद्यार्थीलाई स्विटर वितरण
  32. उदयपुरमा लाईन्स क्लब अफ लर्ड बुद्ध काठमाण्डौको सहयोग
  33. रारा तालमा साइकल मार्ग
  34. मिस वर्ल्ड मनाशी चाहिलर
  35. दुर्गम गाउँमै नागरिकता प्रदान
  36. दोहा बैंक को सम्पर्क कार्यालय अब नेपालमा
  37. पञ्चवर्षीय आवधिक योजना तर्जुमा
  38. शिबपुरीधाममा गौशाला!
  39. अनलाइन कारोबार मा सुधार
  40. सेञ्चुरी कमर्सियल बैंक को नांया योजना सञ्चालन
  41. डोटीमा दुई विदेशी नागरिक पक्राउ
  42. सुुन्तलाको दाउराले हात सेकाउदै कृष्कहरु
  43. राजस्थान विधानसभाका लागि मतदान शुरु
  44. चितवनमा ४३ करोडको तटबन्धन
  45. थामियो शेयर बजार
  46. हुआवेई फाइनान्स प्रमुख मुङ वानजाउ क्यानाडामा पक्राउ
  47. महानगरका विद्यालयका विद्यार्थीको एउटै पोशाक राखिने
  48. सामान्य घरबाट नै होनाहार गायक
  49. बैंकहरुले ब्याजदर बढाउदै
  50. मेडिकल र किराना पसलमा आगलागी
  51. काठमाडौँ भ्यु टावरको निर्माण गति
  52. चीन–अमेरिकाबीच भएका सहमति कार्यान्वयन गर्न चीन तयार छ – बाणिज्य मन्त्रालय
  53. “विचयन विच-हंट”, एलेन्स रबर्ट वाड्रा, ल्यान्ड प्रकरण समटनमा
  54. पश्चिमी वायुको प्रभावले चिसो बढ्यो
  55. सुदुरपश्मिमा ज्योति विकास बैंकको नांया शाखा सञ्चालन
  56. चाहेजति व्याजमा व्यक्तिगत मुद्धति निक्षेप राख्न सकिने
  57. राजधानीको उत्तरपूर्वी भेगमा खानेपानी नदिए मेलम्चीको पानी वाग्मतीमा
  58. शिक्षण पेशासँगै पानिपुरि ब्यबसाय
  59. शेयर बजार बढ्यो
  60. भारतमा एसीको बजार फस्टायो, पृथ्वीको तापमानसँग के को चिन्ता ?
  61. ब्यबसाय प्रर्वद्धन को लागि सम्झौता
  62. सर्वसाधारणको लागि आईपिओ
  63. कुखुराका दाना जिल्लामै उत्पादन
  64. सलोन र नरेनसँग माया बस्यो कश्मिराको
  65. प्रदेशस्तरमा समेत अब ब्रोकर लाइसेन्स
  66. लघुवित्त संचालनका लागि  लघुवित्तकर्मीहरुको माग
  67. धान उत्पादनमा वृद्धि
  68. तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द
  69. काठ्माण्डौमा चिसो बढ्दै 
  70. कोदो फलाए पुरस्कार दिइने
  71. शेयर बजारमा दोहोरो अङ्कले गिरावट
  72. स्वदेशतिर फिर्ता आङ सान सू की
  73. कसको जिबि स्कोर कति
  74. अमेरिका र चीन नयाँ व्यापारिक शुल्क निलम्बन गर्न सहमत
  75. पहिलो पटक व्यापार सम्झौता
  76. वित्तिय क्षेत्रमा अंझै विकासको सम्भावना
  77. गेटा मेडिकल कलेज निर्माणमा तीव्रता
  78. हटाईयो जोर विजोर प्रणाली
  79. राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता
  80. सवारी साधनमा जोर–बिजोर प्रणाली लागु
  81. २४ दिन जनश्रमदान अनिवार्य
  82. सबैलाई उछिन्दै शृङखला
  83. बस दुर्घटनामा दर्जनौ घाईते
  84. नयाँ प्रविधिसँगै किसान मकैखेतीतर्फ आकर्षित
  85. आगलागीबाट ३० घर नष्ट
  86. बाढीपीडितलाई घर हस्तान्तरण
  87. नगरको सार्वजनिक सुनुवाइ ः ५३१ योजना सम्पन्न
  88. भिरबाट खसेर महिलाको मृत्यु
  89. सुदुरका सम्भावना
  90. जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री हुने
  91. मेलापर्वसंगै बस दुर्घटना
  92. ज्यान गुमाएका १८ जनाको सनाखत
  93. बस दुर्घटनामा एकको मृत्यु अठार घाइते
  94. बाँकेमा सडक दुर्घटना बढ्दो
  95. राष्ट्र वहस (२०७५) सम्पन्न।
  96. मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदै
  97. पत्रकार सिद्दीकीको निधन
  98. बर्दियामा गाडिको ठक्करबाट मृत्यू
  99. सिक्टा सिँचाइ आयोजना सञ्चालन गर्न निर्देशन
  100. ७ नम्बर प्रदेश बाट उमा वादी उत्प्रेरणादायी ब्यक्ति बन्न सफल
  101.  गर्भपतन
  102. युवा प्रशिक्षण कार्यक्रम सम्पन्न
  103. राष्ट्रिय परिचयपत्र वितरण
  104. ‘ए’ डिभिजन लिग फुटबल
  105. देशभरका नारायण मन्दिरमा भक्तजनको भीड
  106. बैंकिङ कसुर
  107. आँधीका कारण भारतमा ३३ जनाको मृत्यु
  108. शिक्षक पेशा छाडेर तरकारीखेती
  109. निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट
  110. स्वास्थ्य पर्यटनमा विकास हुँदै तातोपानी कुण्ड
  111. स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि
  112. प्राविधिक शिक्षाको आकर्षण
  113. सुर्खेतमा मौसमी राडार
  114. सडक अवरोध
  115. जीप दुर्घटनामा चालकको मृत्यु
  116. ज्येष्ठ नागरिकको लागि बढ्दो सुरक्षा
  117. त्रिपुरासुन्दरी मन्दिरमा मेला
  118. मेगा बैंकको खुद मुनाफा रु ४० करोड
  119. सरसफाईमा राष्ट्रसेवकसंग सहकार्य गर्दै लाईन्स क्लब अफ काठमाडौं लर्डबुद्द!
  120. मुक्तकमैया बस्तीमा घरवास कार्यक्रम
  121. कर्णाली समृद्धिका लागि सहकारी अभियानमा जोड
  122. सुनसान गांउबस्ति
  123. नेपालगञ्ज विमानस्थल विस्तारका लागि पहल
  124.       १३४ औं जन्मजयन्ति
  125. सुदूरपहाडमा जात्राको रौनक
  126. घर भत्काएर स्थानीयले नै सडक फराकिलो बनाए
  127. बन्दा ताल पर्यटकीय गन्तव्य बन्दै
  128. बाँकेमा बालश्रम
  129. भाईटिकाको साईत बिहान ११ बजेर ५५ मिनेटमा!
  130. देउसी भैलोबाट स्वास्थ्य शिबिरलाई सहयोग!
  131. कुकुर तिहार (नरक चतुर्दशी)
  132. मङ्गलबारदेखि शेयर बजार अनलाइन प्रणालीमा
  133. सडकपेटिमै बत्ति बेच्नेहरुको भिड
  134. बेलायतको भिसा भिएफएसले च्यात्यो, पर्यटनमन्त्री अधिकारीको भ्रमण रद्द
  135. दोब्बरले बढ्यो बैंक तथा वित्तीय संस्थामा महिलाको खाता
  136. सरकारी जागिर
  137. पाँच वर्षमा राजधानीका चार कुनामा सुविधायुक्त शहर
  138. नयाँ पर्यटकीय स्थानहरुको पहिचान
  139. लाभांस स्विकृती पाउने पहिलो बाणिज्य बैक
  140. मेलापर्ब र संस्कृती!
  141. विजया दशमीकाे शुभकामना ।।।
  142. अहिलेसम्मकै अत्याधुनिक ट्राफिक भवन सातदोबाटोमा!
  143. टिकापुरमा कालिका देवी मन्दिरको उद्घाटन !
  144. चाडपर्व नजिकिएसंगै यात्रुको चहलपहल !
  145. प्रदेश राजधानिको नाममा वनजङ्गलको बिनास
  146. गुल्मीमा निःशुल्स्वाक स्वास्थ्य शिविर सम्पन्न !
  147. सूदुरपश्चिम समाजको अध्यक्षमा साउद!
  148. प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सव सम्पन्न
  149. अन्तर्राष्ट्रिय बिश्वविद्यालय खेलकूद महासंघ को FISU Day 20 September मा
  150. फुटसलको उपाधी सूचना तथा प्रसारण विभागको टोलिलाई
  151. अष्ट्रेलियन एजुकेशन फेयर २०१८
  152. लगानीको सुरक्षा सरकारले लिन्छ ः मन्त्री महासेठ
  153. THE FUTURE BAG अभियान लाई RBC ले गर्यो सहयोग !!!!
  154. एलजी सिनेमा सर्कल अवार्डको नतिजा आयो यस्तो : नाजिर र नीता सर्वोत्कृष्ट ।
  155. कागेश्वरीमा कागको मूर्ति ।
  156. रितिका डंगोल बनिन MISS KOLLYWOOD ICON 2018 को बिजेता
  157. निजगढ विमानस्थललाई ‘ग्रिनरी एयरपोर्ट’ बनाइने
  158. प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता
  159. बारेकोटमा खाद्यान्न पठाउन शुरु
  160. बाजुराका सहकारी प्रविधिमैत्री बन्दै
  161. समाजको सेवा को लागि ऐना बन्दै लायन्स क्ल्ब लड बुद्ध काठ्मान्डौ।।।
  162. Minister of State for External Affairs of India address the Ministerial meeting
  163. गाइजात्राको उपलक्षमा बिदेशी भिआइपीहरुको लागि बिषेश कार्यक्रम
  164. महिला हिंसा अन्त्यको माग गर्दैै विद्यार्थीहरुको चितवनमा बृहत र्यालि !!!!!!
  165. गृह मन्त्रालयद्वारा एसपी विष्टलाई निलम्बन गर्न निर्देशन
  166. गोली लागेर महेन्द्रनगरमा १ जना को मुर्त्यु , आन्दोलन अझै उग्र बन्दै गएपछि प्रहरी ब्यापक परिचालन
  167. “पच्चीस रुपैयाँमै अघाउने बाक्लो आलु परौठा को कमाल “!!!!!!!
  168. ” किन लगाए सुरेश तिमल्सिनाले कालो पेटीकाेट “
  169. थप ३ करोड लिटर पानी काठमाडौंमा वितरण हुने
  170. पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन, बलात्कारीलाई फाँसी दिन माग
  171. Lions club of Kathmandu Lord Budhha  द्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न
  172. ” पैदल हिँडेर DSLR CAMERA किन्नेको कथा ” !!!
  173. आज एसियाडको औचारिक सुरुवात , नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्ने
  174.  नेपाल तेस्रो स्थानका लागि भुटानसँग भिड्दै : यू–१५ महिला साफ च्याम्पियनसिप
  175. १६५ वर्षपछि मुलुकी ऐन विस्थापित,मुलुकमा अब संहिता नयाँ कानुन लागू, के-के छन् नयाँ ऐनमा ?
  176. राजनीति भन्दा राम्रो समाजसेवा – एक सुदुर्पस्चिमेली युवा जनक सुनार
  177. युरेशिया रेयुकाई नेपालको रक्तदान कार्यक्रम
  178. बाढीपीडितले राहत पाएनन्, सरकारले पठाएको लाखाै रकम फिर्ता

राजधानीको उत्तरपूर्वी भेगमा खानेपानी नदिए मेलम्चीको पानी वाग्मतीमा

काठमाडौँ, १९ मङ्सिर : मेलम्चीको पानी प्रशोधन केन्द्रलगायत संरचना भएको उपत्यकाको उत्तरपूर्वी भेगमा खानेपानी नदिए स्थानीयवासीले पानी वितरण गर्न नदिने भएका छन् ।

मेलम्चीको पानी दुई महीनापछि राजधानी आएलगत्तै सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा प्रशोधन गरी परीक्षणसँगै पानी वितरण गर्ने सरकारको योजना छ । पहिलो चरणको वितरण सञ्जाल निर्माण अन्तिम अवस्थामा पुगेका बेला गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयवासीले खानेपानी नपाए वाग्मतीमा हाल्ने घोषणा गरेका हुन् । यसमा स्थानीय सरकारको समेत समर्थन छ ।

वाग्मतीको मुहान क्षेत्र नै भए पनि हाल यहीका धारामा खानेपानी आउँदैन । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएका नगर क्षेत्र उपत्यकामा वितरण हुने वाग्मतीको पानीको स्रोत स्थल हो ।

वाग्मती स्रोतको एउटा ठूलो पाइपबाट ल्याइएको पानी गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजल प्रशोधन केन्द्रमा प्रशोधन गरी वितरण हुन्छ । अर्को ठूलो पाइपको पानी महाँकालचौरमा प्रशोधन गरी वितरण गरिन्छ । दुवै स्थानबाट वितरण हुने पानी गोकर्णेश्वर नगर क्षेत्रमा वितरण हुने भए पनि धारामा पानी झर्दैन । वर्षौंदेखि धारामा पानी नआएपछि नगरपालिकामा पटकपटक गुनासो गरेको स्थानीय खड्गबहादुर गुरुङले बताउनुभयो । मेलम्चीको पानी आउँदासम्म पनि यहाँ खानेपानीको व्यवस्था नगरे प्रशोधन केन्द्रको पानी वाग्मती नदीमा बगाउन खानेपानी पीडित समूह सङ्गठित हुन थालेको उहाँको भनाइ छ ।

मेलम्चीबाट आउने पानी पनि गोकर्णेश्वर नगरपालिका–१, महाँकालमा प्रशोधन गरी उपत्यकामा वितरणका लागि पठाइन्छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड २८ लाख लिटर पानी राजधानी आउँछ । मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट नै ठूला पाइपबाट आरुबारीलगायत पानीपोखरीमा लगिन्छ ।

पानी प्रशोधन केन्द्र निर्माण, पाइप बिच्छ्याउन सडक खन्नेलगायत काम गर्दा नगर क्षेत्रमा हिउँदमा धूलो र वर्षामा हिलोले हिँडडुल गर्नसमेत नसकिने अवस्था रहेको स्थानीय सुशील सिम्खडाले सुनाउनुभयो । १७ करोड लिटर पानी प्रशोधन गर्न निर्माण भइरहेको दुईवटा प्रशोधन केन्द्र बनाउँदा वातावरणीय रुपमा प्रभाव परेको उहाँको भनाइ छ । मेलम्ची प्रशोधन केन्द्र र सुरुङसम्म जाने सडक कालोपत्र गर्न पटकपटक अनुरोध गर्दा पनि आयोजनाले काम नगरेको स्थानीयवासीको गुनासो छ ।

उपत्यकावासीलाई पानी वितरण गर्न आवश्यक संरचना निर्माण गर्दा नगरवासीले विभिन्न असहजता भोगेकाले पानी पाउने सुनिश्चितता नभए मेलम्चीको पानी वाग्मतीमा बगाइदिने चेतावनी सरोकार भएका निकायलाई दिइएको गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेले बताउनुभयो ।

“चेतावनी दिएपछि पानी नआउने नगर क्षेत्रमा पाइप बिच्छ्याउन सर्वेक्षण भएको छ, पाइप राख्न अझै शुरु भएको छैन, टेण्डर भएर काम हुनेजस्तो देखिएको छ, पानी वितरण सञ्जाल नबने सङ्घर्षमा ओर्लन बाध्य हुनुपर्छ, हाललाई छिटो पहल गर्न भनिरहेका छौँ”, उहाँले भन्नुभयो ।

वर्षौंदेखि धारामा पानी नआएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाँकालचौर शाखामा प्रतिनिधिमण्डलसहित गएर समस्या राख्दा नगरपालिकामा जान भनिएको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलका जमान लामाले बताउनुभयो ।

लिमिटेडले नगरपालिकालाई सबै अधिकार दिएकाले उतै कुरा गर्न भनेपछि स्थानीयवासीले नगरपालिकाका प्रमुख र उपप्रमुखलाई भेटी समस्या अवगत गराए । नगरपालिकाका उपप्रमुख शान्ति नेपाल खानेपानीको काम लिमिटेडले गर्ने भएकाले सहजीकरणसम्म गर्न सकिने बताउनुहुन्छ । नगरकै स्रोतको पानी उपत्यकामा वितरण हुने भएकाले सबै नगरभर पानी आउने व्यवस्था मिलाउन लिमिटेडलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

पानीको समस्या राख्न नगरपालिका पुग्नुभएका रामप्रसाद गुरागाइँ जुन कार्यालयमा गए पनि अर्कोलाई देखाएर पन्छाउने गरिएको गुनासो गर्नुहुन्छ । नगर क्षेत्रको जमीनमुनिबाट उपत्यकामा वितरणका लागि पानी जान्छ तर मुहान क्षेत्रका नगरवासी काकाकुलको जीवन बिताउन बाध्य छन् ।

मेलम्ची पानी प्रशोधन केन्द्रपारिको कागेश्वरी मनोहरा नगरपालिकाको अवस्था पनि उस्तै छ । यही नगरपालिकाको सडक खनेर भक्तपुरको टिग्नी पानीपोखरीमा पानी लैजाने थोक वितरण प्रणालीको निर्माण भएको छ । गोकर्णेश्वरको आरुबारीबाट मूलपानीको क्रिकेट मैदान हुँदै भक्तपुरसम्म ठूलो पाइप बिच्छ्याउँदा खनिएको सडक अझै कालोपत्र भएको छैन ।

सडक कालोपत्र नगरिँदा वर्षामा हिलो र हिउँदमा धूलोले बस्न नसकिने गरेको स्थानीय गोकुल थापाले दुःखेसो पोख्नुभयो । सडक खनेपछि ड्रेनसमेत नबनाउँदा पानी पर्दा सडक जलमग्न हुने गरेको छ । नगर क्षेत्रको मुख्य बस्ती रहेको १.८ किमी सडकको दूरावस्थाले घरमा बस्न नसक्ने भएपछि स्थानीयवासी नगरपालिकाको ६ नं वडा कार्यालय घेराउ गर्न पुगे ।

दुई जिल्ला जोड्ने मूलपानी क्रिकेट मैदान–मनोहरा–भक्तपुर सडक दायाँबायाँ घर भएका स्थानीय धूलोका कारण क्रुद्ध छन् । पानी परीक्षण नभएकाले सडक कालोपत्र गर्न नसकिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रवक्ता दिवाकर ढकाल पाइप बिच्छ्याउनु अघि सडक जुन अवस्थामा थियो, त्यस्तै बनाइने बताउनुहुन्छ ।

पाइप बिच्छ्याउनु अघि कच्ची सडक भए कालोपत्र हुन नसक्ने उहाँको भनाइ छ । मूल सडक जति कालोपत्र गर्न सडक विभागलाई नै जिम्मेवारी दिइएको जनाइएको छ । -रासस

You can share this post!

Leave Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *