मेलापर्ब र संस्कृती!

धर्मिक आस्थाको रुपमा मनाउन थालिएको दशै पर्व पछिल्लो समयमा सबै नेपालिहरुको साझा पर्वको  हिसाबले मनाईन्छ। नेपालमा विविध जातजाति, धर्म एवं सम्प्रदायका मानिसहरु मिलेर बसेका छन्। पछिल्लो समयमा आफन्तहरुलाई दशै तिहारजस्ता पर्वहरुमा विभिन्न किसिमका उपहारहरु दिने चलन समेत बढ्दो क्रममा छ। सबैले दशै पर्बलाई सदभाव एवं भ्रातृत्वको विकास गर्ने अवसरका रुपमा उपयोग गर्छन्। दशै पर्वमा विषेष गरी आफुभन्दा ठुलो आफन्तहरुबाट टिका र जमरा थापि आशिर्वाद लिने गरिन्छ । त्रेता युगमा जुन दिन भग्वान रामले असत्यको प्रतिकको रुप लिएका रावण माथि विजय प्राप्त गरेका थिय त्यहि समयदेखि विजया दशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ। यसै परम्परालाई आधार मानेर नेपालको विभिन्न ठाउमा दशै मेला मनाउने गरिन्छ। यस प्रकारका मेलाहरु विजया दशमी भन्दा ठिक एक दिन अगाडि देखि चतुर्दशी सम्म मनाउने गरिन्छ। प्रायजसो सुदुरपश्चिमतिर धेरै ठाउमा अझ बढी यस प्रकारका मेला उत्सबहरु मनाउने गरिन्छ। उक्त मेलामा रागांलाई रावण वा राक्षसको प्रतिक मानि कुनै एउटा धार्मिक स्थलमा रागांको बली सहित सम्पन गरिन्छ। रागांको बलिको कारण राम भग्वान सहित हिन्दु धर्मालम्विहरुले मान्दै आएका विभिन्न देवि दवताहरु खुसि हने धार्मिक विश्वास अहिले पनी रहेको छ।

सुदुरपश्मि, प्रदेश नः ७ बढिकेदार गाउँपालिका, बर्छैन गाविसमा नवमिको दिनमा मनाईएको यस बर्षको मेलामा अन्य बर्षहरुमा जस्तै विभिन्न ठाउँका मानिसहरु उपस्थित भएका थिए।  उक्त मेला परम्परागत प्रचलनअनुसार नै रागांको पुजाआजा सहित नै बलि दिई सम्पन्न भएको थियो।

You can share this post!