प्रदेश राजधानिको नाममा वनजङ्गलको बिनास

आश्विन १८, २०७५ – सुदुरपश्मि, प्रदेश नम्बर ७ को राजधानि अत्तरिया स्थित, गोदावरी नगरपालिकामा घोषित गरिएको छ। चुरे– तराई मधेस संरक्षण तथा व्यवस्थापनमा कुनै ध्यान नदिई मुलुकलाई कस्तो किसिमको विकास आवश्यक पर्ने हो भन्ने अध्ययन नगरी हचुवाको भरमा विकासका संरचना घोषणा भइरहेका छन् । प्रस्तावित राजधानि गोदावरी नगरपालिका वडा नं २ र४ को चार किल्लामा रहेको सामुदायिक वनमा हुर्किरहेको वनजङ्गल चुरे फेदमै पर्ने भएकोले स्थिानिय बासिन्दा लगाएत थुप्रै मानिसहरुले विरोध प्रदर्शन गर्दै आइरहेका छन। सामुदायिक बनका पुर्व अध्यक्ष कैलाश कुमार सहित अन्य स्थिानियका अनुसार सामुदायिक बन वाहेक उपयुक्त आवादी क्षेत्रमा राजधानि बनाउन प्रर्याप्त जमिन छ। उक्त जमिनमा राजधानि निर्माणले कुनै असर नपर्ने उनिहरुले जनाएका छन।उक्त बनभित्र बहुमुल्य बोटविरुवाहरुसहित विभिन्न जटिवुटिहरु र अन्य बन्यजन्तुहरु थुप्रै हुन सक्ने सम्भावना छ। जसको विनासको कारणले वातावरण प्रदुषण लगाएत विभिन्न क्षेत्रमा क्षति पुग्ने छ।

You can share this post!