चाडपर्व नजिकिएसंगै यात्रुको चहलपहल !

नेपालीहरुको महान चाड दशैं नजिकिएसंगै उपत्यकामा सुनसान हुदै गईरहेको छ। उपत्यकाभन्दा वाहिरवाट पुर्वदेखि पश्चिमसम्मका मानिसहरु ब्यापार, रोजगारी तथा अध्ययनको सिलसिलामा उपत्यकाभित्र बस्दै आइरहेका छन। दशै नजिकिएसंगै उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढदै गईरहेको छ। यससंगै उपभोक्ताहरुले महङ्गो टिकटका साथै यातायात क्षेत्रमा भएको असुविधाको वारेमा गुनासो गर्दै आईरहका छन् भने कतिपयले अहिलेसम्म घर जानको लागि टिकट पनि पाएका छैनन। निश्चित ठाउँबाहेक कोटेश्वर, बल्खुलगायत विभिन्न क्षेत्रबाट उपत्यका वाहिरिने हाईस र टाटा सुमोले अग्रिम बुकिङ खोलेका छैनन। कोटेश्वरबाट बिपि राजमार्ग हुदै पुर्व जाने र नयाँ बसपार्कबाट पुर्व पश्चिम जान टिकट लिनेहरुको काउन्टरमा उत्तिकै भिड देखिन्छ भने अझै पनि यात्रुहरुको चाप बढ्दै गईरहेको छ। लगभग ११ हजारसम्मका सवारी साधनहरु बहिरिने गरेका छन। केहि समय असहज महसुस भएपनि यात्रुलाई टिकट नै नपाएर घर जानबाट बञ्चित हुन नदिने नेपाल यातायात व्यवसायि राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्षले वताउनुभयो।

You can share this post!