सूदुरपश्चिम समाजको अध्यक्षमा साउद!

काईटसंसार संबाददाता २०७५।०६।१३ काठमाडौं – सुदुरपश्चिमबाट राजधानी काठमाडौमा बसेर बिभिन्न पेशा, संघ, संस्थामा संलग्न ब्यक्तिहरुले गैर राजनितिक, भौगोलिक समाजको रुपमा गठन गरेको सूदुरपश्चिम समाजको सातौ बार्षिक साधारण सभा शिबशक्ति पार्टी प्यालेस महादेबस्थान, कोटेश्वर, काठमाडौमा आज सम्पन्न भयो।

साधारण सभाले देहायबमोजिमको नयाँ कार्यसमितिको चयन गरेको छ।

श्री केशर बहादुर साउद        अध्यक्ष

श्री मान बहादुर साउद         उपाध्यक्ष

श्री लाल बहादुर बोहरा        सचिव

श्री लोकराज भट्ट             कोषाध्यक्ष

 

श्री सुदिप सिंह मार्कण्ड         सदस्य

श्री उत्तम साउद                   सदस्य

श्री रामदत्त पन्त                 सदस्य

श्री हर्क बहादुर भाट           सदस्य

श्री लक्ष्मण मलासी साउद    सदस्य

श्री दुर्गा भण्डारी                  सदस्य

श्री अन्जु बस्नेत साउद    सदस्य

 

कार्यक्रममा प्रमुख अतिथि श्री पदम बहादुर बिष्ट हुनुभएको थियो जो यस समाजका सल्लाहकार पनि हुनुहुन्छ। त्यसैगरी बिशिष्ठ अतिथि श्री हरिदत्त पाण्डे हुनुभएको थियो जो पूर्व सहसचिव हुनुहुन्छ। त्यसैगरी कार्यक्रमको उदघोषण तथा संचालन श्री मान बहादुर साउदले गर्नुभएको थियो। उहाँ अनमोल जडिबुटी उधोग कोटेश्वर काठमाडौंका संचालक तथा यस समाजका उपाध्यक्ष हुनुहुन्छ।

सुदुरपश्चिम भुगोलबाट आएका ब्यक्तिबिच भाईचारा सहयोग गर्नका लागि गठित समाजको यस बार्षिक साधारण सभामा नजिक आईरहेको बडादशै तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रम पनि राखियको थियो।

You can share this post!