सञ्चारिकाको अध्यक्षमा पण्डित

काठमाडौँ, ३१ भदौ : सञ्चारिका समूहको साताँै महाधिवेशनबाट नितु पण्डितको अध्यक्षमा १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

उपाध्यक्ष कमला पन्थी, महासचिव विमला तुम्खेवा, सचिव यशोदा अधिकारी र कोषाध्यक्ष सीमा शर्मा निर्वाचत हुनुभएको हो ।

त्यसैगरी, सदस्यमा कृति भट्टराई, पवित्रा सुनार, उर्वसी बस्न्यात, रुवी रौनीयार, वसन्ती बास्तोला, सञ्चिता घिमिरे, कविता थापा र दुर्गा कार्की सदस्यमा निर्वाचित हुनुभएको हो ।

महाधिवेशनले लैङ्गिकमैत्री सञ्चारगृह हुनुपर्ने लगागतका ११ बँुदे काठमाडौँ घोषणापत्र जारी गरेको थियो ।
स्रोत: रासस

You can share this post!