यस पवित्र स्थलमा आएर जुन कुरा चितायो,त्यो कुरा सिद्ध हुने भएकोले यस स्थललाई ६४ शिवलिङ्ग मध्यको एक पनि भनिन्छ भने,त्यहाँ रहेको सानो आकारको शिवलिङ्ग पनि आफैं उत्पति भएको मानिन्छ । यस मन्दीरको तलपट्टि लिला नदि,भद्रा नदि र तमासा नदिको त्रिवेणीमा वाल्मीकिले स्नान गरि,बागेश्वरीको दर्शन गरि,बाजपि यज्ञमा जग्गे गरि,बोलेको कुरा पूरा हुन्छ भन्नी कुराको प्रमाण भेट्टाएको हुँदा वाल्मीकि यो ठाँउमा तपस्या गर्न आएको कुरा सुन्नमा आएको छ । त्यसैगरी यस स्थलको त्रिवेणी घाटमा स्नान गर्नाले सात पुस्ताका अगति पित्री समेत मुक्ति हुने,स्नान गर्नाले वाक्य सिद्दी हुने र बोलेको कुरा पूरा हुने जनविश्वास रहेको पाइन्छ ।
यस बागेश्वरी महादेव स्थलमा बेलुकाको समयमा जङ्गलबाट बाघहरु आएर कराउनुको साथै,असार गुरुपुर्णिामाको दिन बाजा,गाजा सहित ठुलो मेला लाग्ने र बालाचतुर्दशीमा रुद्रि पाठ हुने गरेको छ । त्यसबेला तान्त्रिकले यहाँको ४ वीर मध्य १ वीर लगेर पशुपतिनाथमा राख्दा खेरी त्यहाँ नबसेर,ताल्चा लाएर हात बाधेर राख्दा पनि नबसेर,अन्त्यमा तिमी कहाँ बस्छौं भनी सोद्दा म बागेश्वरीमै बस्छु भन्दा,पशुपति मन्दिर अगाडि जय बागेश्वरीको नामाकरण गरि हात बाधेर यहाँको वीरलाई त्यस ठाँउमा राख्दा,पछि गएर सो ठाँउलाई जय बागेश्वरीको नामले चिन्न थालेको र यहाँको अर्को वीरलाई पनि पशुपतिको आर्यघाटमा लगेर राखेको भन्ने मान्यता चलिआएको छ । तसर्थ यहाँको महिमा,प्रसिद्धि,शक्ति र दर्शनले गर्दा खेरी उहाँ रत्तनाकार डाकु नै वाल्मिकेश्वर भएर रामायण लेख्नु भयो रे भन्ने कथन चलिआएको छ ।
यद्यपि जनस्तरको सक्रियतमा भने एकपटक भागवत पुराण लगाएर रकम संकलन गरि माथिल्लो भागमा ६४ वटा शिवलिङ्गको निर्माण गरिएको छ । यदि कुनै बालकको उमेर पुगिसक्दा पनि बोली नखुलेको खण्डमा यस स्थलमा आएर स्नान गरि दर्शन गर्नाले बोली खुल्ने कुराको धेरै पटक प्रमाणित भएको पाइएको छ
स्थानीय बासीहरु भन्छन् ,पुरातत्व विभागले एक पटक सात लाख सम्मको लगानीमा मठ,मन्दीरको पुनःनिर्माण गरेको भएता पनि पछिल्लो समय सरकारी निकायबाट यस क्षेत्रको संरक्षणको लागि कुनै ठोस कदम चालिएको छैन ।चार धाम मध्य एक धाम हुनुपर्ने पवित्र तिर्थस्थल भएता पनि राज्यको दृस्टी नपुगेको स्थानीय जनताको गुनासो रहेको छ भने,सम्बन्धित निकायबाट बाटो,घाटो र मठ,मन्दीरको पुनःनिर्माण,संरक्षण तथा उचित व्यवस्थापन गर्ने हो भने यस ठाँउ एतिहासिक तथा पर्यटकिय गन्तव्यको रूपमा उदाउने छ ।
चार धाम मध्य एक धाम हुनुपर्ने पवित्र तिर्थस्थल भएता पनि राज्यको दृस्टी नपुगेको स्थानीय जनताको गुनासो रहेको छ भने,सम्बन्धित निकायबाट बाटो,घाटो र मठ,मन्दीरको पुनःनिर्माण,संरक्षण तथा उचित व्यवस्थापन गर्ने हो भने यस ठाँउ एतिहासिक तथा पर्यटकिय गन्तव्यको रूपमा उदाउने छ ।