बिगत का पानाहरु पल्टाउदै सुसिल

कतै हरियाली कतै हावापानी

चारैतिर रमाइलो मौसम,

त्यसैमाथि

बर्खा र झरी…

यो साझको समय,

साथमा beer,whisky,चुरोट

अनि चारजना मिल्ने साथी

त्यसैमाथी रमाइलो भलाकुसारी

यत्ति नै पर्याप्त थियो

मौसमलाई challenge गर्नको लागि !

तर,

साथीहरूलाई के थाहा

यहाँ आफ्नो जिबन नै

नवीन के भट्टराईकोगित

फिक्का फिक्का झै भैरहेको छ भन्ने ?

कसैगरी पनि मन नमाने पछि

लागे आफ्नै कोठातिर

साथीहरूलाई छोडेर

अनि ओछ्यानमा पल्टिन खोज्छु,

यता फर्किन्छु,उता फर्किन्छु निन्द्रा पर्दैन

अँह, पर्दै पर्दैन !

तब चुरोटको बट्टाबाट

एउटा चुरोट

झिकेर सल्काउछु र laptop on गर्दै,

music play गर्छु अनि पृष्ठभुमिमा एउटा गित बज्छ,

नारायण गोपालको ”

यति धेरै माया दिई,मनभरी दुख नदेउ….”

त्यसपछि image folder open गर्छु

जहाँ उनकै मात्रै फोटोले folder भरिएको हुन्छ !

फोटो हेर्दै जाँदा एक्कासि विगतलाई सम्झिन पुग्छु

ती दिनहरु…

जहाँ हामिलाई दिनको एकचोटि

भेट्नै पर्थ्यो

हप्तै पिच्छे सिनेमा हेर्न

जानै पर्थ्यो

shopping गर्न सँगसगै जान्थ्यौ

कतै घुम्न जाँदा हाँस्दा,रुँदा,

खेल्दा,पढ्दा र खाना खादा समेत सँगै हुन्थ्यौ

अझ उनी

मलाई मायाले मनराजा

भन्दै बोलाउथिन र म पनि ढाडस दिदै प्रेमिल स्वरमा

ज्यानमाया भन्दै बोलाउथे !

ती दिनहरु जहाँ हामी हराउथेउ,

विलिन हुन्थ्यौ

ती देउराली जादा,

खाएको कसम डाँडाकाँडा,

वनपाखा जादा हाँसेका,

खेलेका ती दिनहरु तर व्यर्थै रहेछ

ती खाएका कसम अनि लाएका पिरती !

उठदा,बस्दा,हिंड्दा,खाँदा र सास फेर्दा

समेत मलाई सोध्ने मान्छे

आज एकाएक

आँखाको डिलबाट एक्कासि

पराई बनेर गई कहिल्यै

नफर्किने गरि…

थाहा छैन

बैगुनिले किन छाडेर गई

हल्ला सुने अनुसार

PR वाला केटासँग बिहे गरेर छिट्टै australia जाँदै छे रे…

सायद…,

हाम्रो प्रेमपनि विवाहमा

परिणत भएको भए साथमा एउटा ताते ताते गर्दै

आमाको काख पछ्याउने छोरा

अनि बाबाको दाह्री सुम्सुम्याउने छोरी

एउटा सानो घर,

सानो परिवार तर,

संसारकै खुशी र सुखी परिवार हामि फगत,

एउटा चित्त बुझाउने बाटो…..!!!

#रचनाकार – सुशील गौतम

You can share this post!