महिला हिंसा अन्त्यको माग गर्दैै विद्यार्थीहरुको चितवनमा बृहत र्यालि !!!!!!

चितवन, ०९ भदौ ।

महिला हिंसा अन्त्यको माग गर्दैै शनिबार सचेत विद्यार्थीहरुको आयोजनामा चितवनमा बृहत र्यालि निकालिएको छ । बलात्कारीलाई हदै सम्मको कारबाहीको माग गर्दै देशभर प्रदर्शन भइरहेका भेलामा यश अभियान सन्चालन गरिएको कार्यक्रम संयोजक अर्जुन भुसालले बताउनुभयो।

 

रयाली सहभागीहरुले निधारमा, मुखमा तथा आँखामा कालो पट्टी बाँधेर सिठ्ठी बजाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । रयाली मा सहभागीले म हिंसा गर्दिन, म हिंसा सहन्न, बलात्कारीलाई सजाय न्यायको रजाई, अबको गन्तव्य यौन हिंसाको अन्त्य, असल पुरुषले बलात्कार गर्दैन लगायतका पम्लेट प्रदर्शन गरेका थिए ।

कार्यक्रममा सामाजिक अभियान्ता मिना खरेल, संगीता भट्टराई ,मन्जुु खााँड ,केमिका घिमिरे, पुजा भुसाल,मिस चितवन २०१४ ममता पाण्डे ,मिस पिस चितवन २०१७ सिमरान तिवारी लगायत अन्य सामाजिक अभियान्ता र सयौं विद्यार्थीहरुको सहभागिता रहेको थियो।

सामर्थ्य नेपालका अभियान्ता देश ब्यापी रूपमा विभिन्न अभियान चलाइरहनुभएका युवा अर्जुन भुषालको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।र अब यो अभियान देश ब्यापी रूपमा चल्ने र अबको चरणमा जिल्ला स्थित प्रमुख सरकारि कार्यलयहरुमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको संयोजक भुसालले बताउनुभयो।।।

You can share this post!