गाइजात्राको उपलक्षमा बिदेशी भिआइपीहरुको लागि बिषेश कार्यक्रम

 

टुरिजम इभेन्टस् एण्ड रिसर्च सेन्टरले भक्तपुरको तौमडिमा नेपालमा रहने कुटनैतिक नियोग तथा बिदेशी भिआइपी. हरुको लागि बिषेश कार्यक्रम बनाएर गाइजात्रा मनाएको छ । नेपालमा पर्यटकिय गतिबिधिको नयाँ अवधारणाको अभाव भइरहेको अवस्थामा सँस्थाले यो कार्यक्रम आयोजना गरेको हो । नेपालमा रहेका भिआइपीहरुलाई सुरक्षा र अन्य कारणले साँस्कृतिक चाड पर्व र अन्य कृयाकलापमा भाग लिन असजिलो हुने भएकोले सेन्टरले आयोजना गरेको कार्यक्रमले पर्यटकिए गतिबिधिमा विविधता थपेको एक अमेरिकी सहभागिले बताए ।

उक्त भिआइपीहरुको लागि बिषेश व्यवस्था गरिएको गाइजात्रा अवलोकन कार्यक्रममा विभिन्न विदेशी कुटनैतिक नियोगका कर्मचारी तथा नेपालमा लामो समय देशि बसिआएका बिदेशी नागरिकहरुलाई आमन्त्रण गरिएको थियो । दिउँसो २ बजे बाट सुरु भएर साँझ ६ बजे सम्म चलेको अवलोकन अवलोकन कार्यक्रममा सहभागिहरुले भरपुर आनन्द लिएको कुरा आयोजकका तर्फबाट मनोज गिरीले बताउनु भयो ।

पहिलो बर्ष भएकाले खासै प्रचार प्रसार गर्न नपाए पनि आउने सालहरुमा व्यापक सहभागिता गराएर सो कार्यक्रम गरिने आयोजकले बताएका छन् । सामान्यतः नेपालमा मौसमी अनुकुलता हेरी पर्यटकिए गतिबिधि गरिने भए पनि बर्षात्को समयमा सँस्कृति र मौलिक कृयाकलापलाई एकै साथ मिलाएर कार्यक्रम गर्नु चुनौतिपुर्ण रहेको बताइन्छ । छोटो अवधिमा आयोजना गरिएको कार्यक्रम भएपनि अमेरिकी, नर्वेजियन, इटाली, जर्मनि दुतावासका कर्मचारि तथा नागरिकको सहभागिता रहेको थियो ।

हालसम्म नेपालमा ट्रेकिङ, टुर, आरोहण, जँगलसफारि आदि जस्ता पर्यटकिय गतिबिधि सँचालनमा रहेपनि पर्यटकिय गतिबिधिलाई कार्यक्रमकै रुपमा आयोजना गरिएको पाईदैन । यसरी आयोजना गर्दा नेपालको पर्यटनमा विबिधता थपीने र साँस्कृतिक पर्यटनको प्रवर्धन हुने भएकोले यस्ता गतिबिधि गरिएको आयोजकले जानकारी दिएको छ ।

You can share this post!