Top Stories
  1. परराष्ट्रमन्त्री अमेरिका भ्रमणमा
  2. कोलकातामा नेपाल भवन बनाउन सरकारसँग आग्रह
  3. इतिहासकै सबैभन्दा बढी पर्यटक
  4. अमेरिकी आन्तरिक सुरक्षा मन्त्री जिन्केद्वारा राजीनामा
  5. व्यावसायिक मौरीपालनतर्फ आकर्षण
  6. करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
  7. लगानीयोग्य रकमको अभाव
  8. बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध
  9. आधुनिक कृषि बजारलाई जग्गा माग
  10. चौतारी लघुवित्तको आई पि ओ बाँडफाँट
  11. नेपालका बैंकहरु असुरक्षित महसुस
  12. स्मार्ट सिटी बन्दै अमरगढी
  13. व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्न चीन उत्सुक
  14. सुदूरपश्चिम पहाडमा हिमपातले जनजीवन प्रभावित
  15. समाचार पढेर  विद्यालयलाई सहयोग
  16. निःशुल्क स्वास्थ्य शिविर
  17. सहकारीबाट कर्जा लिई एक हजार बढी स्वरोजगार
  18. शेयर बजारमा केही सुधारको सङ्केत
  19. समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही
  20. भारतीय राष्ट्रपति म्यान्मारमा, दुई देशको सम्बन्ध थप सुमधुर
  21. स्ट्रासबर्ग को शूटिंग : गानमैन तीन को मृत्यु
  22. व्यवसायीले दिए  गभर्नरलाई सुझाव
  23. अवैध रूपमा बाघको छाला ओसारपसार
  24. शेयर बजारमा ह्रास
  25. खेतीयोग्य जमीन बाँझै
  26. अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रलाई रु तीन लाख सहयोग
  27. शेयर बजार मा दोहोरो अङ्कले वृद्धि
  28. स्क्रीनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव
  29. जोशी हाइड्रोको आइपीओ मंगलबार बिहान
  30. एक किलो नुनको रु ७०
  31. विद्यार्थीलाई स्विटर वितरण
  32. उदयपुरमा लाईन्स क्लब अफ लर्ड बुद्ध काठमाण्डौको सहयोग
  33. रारा तालमा साइकल मार्ग
  34. मिस वर्ल्ड मनाशी चाहिलर
  35. दुर्गम गाउँमै नागरिकता प्रदान
  36. दोहा बैंक को सम्पर्क कार्यालय अब नेपालमा
  37. पञ्चवर्षीय आवधिक योजना तर्जुमा
  38. शिबपुरीधाममा गौशाला!
  39. अनलाइन कारोबार मा सुधार
  40. सेञ्चुरी कमर्सियल बैंक को नांया योजना सञ्चालन
  41. डोटीमा दुई विदेशी नागरिक पक्राउ
  42. सुुन्तलाको दाउराले हात सेकाउदै कृष्कहरु
  43. राजस्थान विधानसभाका लागि मतदान शुरु
  44. चितवनमा ४३ करोडको तटबन्धन
  45. थामियो शेयर बजार
  46. हुआवेई फाइनान्स प्रमुख मुङ वानजाउ क्यानाडामा पक्राउ
  47. महानगरका विद्यालयका विद्यार्थीको एउटै पोशाक राखिने
  48. सामान्य घरबाट नै होनाहार गायक
  49. बैंकहरुले ब्याजदर बढाउदै
  50. मेडिकल र किराना पसलमा आगलागी
  51. काठमाडौँ भ्यु टावरको निर्माण गति
  52. चीन–अमेरिकाबीच भएका सहमति कार्यान्वयन गर्न चीन तयार छ – बाणिज्य मन्त्रालय
  53. “विचयन विच-हंट”, एलेन्स रबर्ट वाड्रा, ल्यान्ड प्रकरण समटनमा
  54. पश्चिमी वायुको प्रभावले चिसो बढ्यो
  55. सुदुरपश्मिमा ज्योति विकास बैंकको नांया शाखा सञ्चालन
  56. चाहेजति व्याजमा व्यक्तिगत मुद्धति निक्षेप राख्न सकिने
  57. राजधानीको उत्तरपूर्वी भेगमा खानेपानी नदिए मेलम्चीको पानी वाग्मतीमा
  58. शिक्षण पेशासँगै पानिपुरि ब्यबसाय
  59. शेयर बजार बढ्यो
  60. भारतमा एसीको बजार फस्टायो, पृथ्वीको तापमानसँग के को चिन्ता ?
  61. ब्यबसाय प्रर्वद्धन को लागि सम्झौता
  62. सर्वसाधारणको लागि आईपिओ
  63. कुखुराका दाना जिल्लामै उत्पादन
  64. सलोन र नरेनसँग माया बस्यो कश्मिराको
  65. प्रदेशस्तरमा समेत अब ब्रोकर लाइसेन्स
  66. लघुवित्त संचालनका लागि  लघुवित्तकर्मीहरुको माग
  67. धान उत्पादनमा वृद्धि
  68. तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द
  69. काठ्माण्डौमा चिसो बढ्दै 
  70. कोदो फलाए पुरस्कार दिइने
  71. शेयर बजारमा दोहोरो अङ्कले गिरावट
  72. स्वदेशतिर फिर्ता आङ सान सू की
  73. कसको जिबि स्कोर कति
  74. अमेरिका र चीन नयाँ व्यापारिक शुल्क निलम्बन गर्न सहमत
  75. पहिलो पटक व्यापार सम्झौता
  76. वित्तिय क्षेत्रमा अंझै विकासको सम्भावना
  77. गेटा मेडिकल कलेज निर्माणमा तीव्रता
  78. हटाईयो जोर विजोर प्रणाली
  79. राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता
  80. सवारी साधनमा जोर–बिजोर प्रणाली लागु
  81. २४ दिन जनश्रमदान अनिवार्य
  82. सबैलाई उछिन्दै शृङखला
  83. बस दुर्घटनामा दर्जनौ घाईते
  84. नयाँ प्रविधिसँगै किसान मकैखेतीतर्फ आकर्षित
  85. आगलागीबाट ३० घर नष्ट
  86. बाढीपीडितलाई घर हस्तान्तरण
  87. नगरको सार्वजनिक सुनुवाइ ः ५३१ योजना सम्पन्न
  88. भिरबाट खसेर महिलाको मृत्यु
  89. सुदुरका सम्भावना
  90. जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री हुने
  91. मेलापर्वसंगै बस दुर्घटना
  92. ज्यान गुमाएका १८ जनाको सनाखत
  93. बस दुर्घटनामा एकको मृत्यु अठार घाइते
  94. बाँकेमा सडक दुर्घटना बढ्दो
  95. राष्ट्र वहस (२०७५) सम्पन्न।
  96. मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदै
  97. पत्रकार सिद्दीकीको निधन
  98. बर्दियामा गाडिको ठक्करबाट मृत्यू
  99. सिक्टा सिँचाइ आयोजना सञ्चालन गर्न निर्देशन
  100. ७ नम्बर प्रदेश बाट उमा वादी उत्प्रेरणादायी ब्यक्ति बन्न सफल
  101.  गर्भपतन
  102. युवा प्रशिक्षण कार्यक्रम सम्पन्न
  103. राष्ट्रिय परिचयपत्र वितरण
  104. ‘ए’ डिभिजन लिग फुटबल
  105. देशभरका नारायण मन्दिरमा भक्तजनको भीड
  106. बैंकिङ कसुर
  107. आँधीका कारण भारतमा ३३ जनाको मृत्यु
  108. शिक्षक पेशा छाडेर तरकारीखेती
  109. निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट
  110. स्वास्थ्य पर्यटनमा विकास हुँदै तातोपानी कुण्ड
  111. स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि
  112. प्राविधिक शिक्षाको आकर्षण
  113. सुर्खेतमा मौसमी राडार
  114. सडक अवरोध
  115. जीप दुर्घटनामा चालकको मृत्यु
  116. ज्येष्ठ नागरिकको लागि बढ्दो सुरक्षा
  117. त्रिपुरासुन्दरी मन्दिरमा मेला
  118. मेगा बैंकको खुद मुनाफा रु ४० करोड
  119. सरसफाईमा राष्ट्रसेवकसंग सहकार्य गर्दै लाईन्स क्लब अफ काठमाडौं लर्डबुद्द!
  120. मुक्तकमैया बस्तीमा घरवास कार्यक्रम
  121. कर्णाली समृद्धिका लागि सहकारी अभियानमा जोड
  122. सुनसान गांउबस्ति
  123. नेपालगञ्ज विमानस्थल विस्तारका लागि पहल
  124.       १३४ औं जन्मजयन्ति
  125. सुदूरपहाडमा जात्राको रौनक
  126. घर भत्काएर स्थानीयले नै सडक फराकिलो बनाए
  127. बन्दा ताल पर्यटकीय गन्तव्य बन्दै
  128. बाँकेमा बालश्रम
  129. भाईटिकाको साईत बिहान ११ बजेर ५५ मिनेटमा!
  130. देउसी भैलोबाट स्वास्थ्य शिबिरलाई सहयोग!
  131. कुकुर तिहार (नरक चतुर्दशी)
  132. मङ्गलबारदेखि शेयर बजार अनलाइन प्रणालीमा
  133. सडकपेटिमै बत्ति बेच्नेहरुको भिड
  134. बेलायतको भिसा भिएफएसले च्यात्यो, पर्यटनमन्त्री अधिकारीको भ्रमण रद्द
  135. दोब्बरले बढ्यो बैंक तथा वित्तीय संस्थामा महिलाको खाता
  136. सरकारी जागिर
  137. पाँच वर्षमा राजधानीका चार कुनामा सुविधायुक्त शहर
  138. नयाँ पर्यटकीय स्थानहरुको पहिचान
  139. लाभांस स्विकृती पाउने पहिलो बाणिज्य बैक
  140. मेलापर्ब र संस्कृती!
  141. विजया दशमीकाे शुभकामना ।।।
  142. अहिलेसम्मकै अत्याधुनिक ट्राफिक भवन सातदोबाटोमा!
  143. टिकापुरमा कालिका देवी मन्दिरको उद्घाटन !
  144. चाडपर्व नजिकिएसंगै यात्रुको चहलपहल !
  145. प्रदेश राजधानिको नाममा वनजङ्गलको बिनास
  146. गुल्मीमा निःशुल्स्वाक स्वास्थ्य शिविर सम्पन्न !
  147. सूदुरपश्चिम समाजको अध्यक्षमा साउद!
  148. प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सव सम्पन्न
  149. अन्तर्राष्ट्रिय बिश्वविद्यालय खेलकूद महासंघ को FISU Day 20 September मा
  150. फुटसलको उपाधी सूचना तथा प्रसारण विभागको टोलिलाई
  151. अष्ट्रेलियन एजुकेशन फेयर २०१८
  152. लगानीको सुरक्षा सरकारले लिन्छ ः मन्त्री महासेठ
  153. THE FUTURE BAG अभियान लाई RBC ले गर्यो सहयोग !!!!
  154. एलजी सिनेमा सर्कल अवार्डको नतिजा आयो यस्तो : नाजिर र नीता सर्वोत्कृष्ट ।
  155. कागेश्वरीमा कागको मूर्ति ।
  156. रितिका डंगोल बनिन MISS KOLLYWOOD ICON 2018 को बिजेता
  157. निजगढ विमानस्थललाई ‘ग्रिनरी एयरपोर्ट’ बनाइने
  158. प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता
  159. बारेकोटमा खाद्यान्न पठाउन शुरु
  160. बाजुराका सहकारी प्रविधिमैत्री बन्दै
  161. समाजको सेवा को लागि ऐना बन्दै लायन्स क्ल्ब लड बुद्ध काठ्मान्डौ।।।
  162. Minister of State for External Affairs of India address the Ministerial meeting
  163. गाइजात्राको उपलक्षमा बिदेशी भिआइपीहरुको लागि बिषेश कार्यक्रम
  164. महिला हिंसा अन्त्यको माग गर्दैै विद्यार्थीहरुको चितवनमा बृहत र्यालि !!!!!!
  165. गृह मन्त्रालयद्वारा एसपी विष्टलाई निलम्बन गर्न निर्देशन
  166. गोली लागेर महेन्द्रनगरमा १ जना को मुर्त्यु , आन्दोलन अझै उग्र बन्दै गएपछि प्रहरी ब्यापक परिचालन
  167. “पच्चीस रुपैयाँमै अघाउने बाक्लो आलु परौठा को कमाल “!!!!!!!
  168. ” किन लगाए सुरेश तिमल्सिनाले कालो पेटीकाेट “
  169. थप ३ करोड लिटर पानी काठमाडौंमा वितरण हुने
  170. पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन, बलात्कारीलाई फाँसी दिन माग
  171. Lions club of Kathmandu Lord Budhha  द्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न
  172. ” पैदल हिँडेर DSLR CAMERA किन्नेको कथा ” !!!
  173. आज एसियाडको औचारिक सुरुवात , नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्ने
  174.  नेपाल तेस्रो स्थानका लागि भुटानसँग भिड्दै : यू–१५ महिला साफ च्याम्पियनसिप
  175. १६५ वर्षपछि मुलुकी ऐन विस्थापित,मुलुकमा अब संहिता नयाँ कानुन लागू, के-के छन् नयाँ ऐनमा ?
  176. राजनीति भन्दा राम्रो समाजसेवा – एक सुदुर्पस्चिमेली युवा जनक सुनार
  177. युरेशिया रेयुकाई नेपालको रक्तदान कार्यक्रम
  178. बाढीपीडितले राहत पाएनन्, सरकारले पठाएको लाखाै रकम फिर्ता

अनुहार मात्रै राम्रो खोजेर त के लाइफ बित्ला र !’ : अास्था राउत

अनुहार मात्रै राम्रो खोजेर त के लाइफ बित्ला र !’ : अास्था राउत
शुक्रबार, १८ जेठ २०७५,

फरक स्वरका कारण दर्शकमाझ परिचित छिन् गायिका आस्था राउत । ‘चौबन्दीमा पटुकी’, ‘झम्के बुलाकी’ उनका रुचाइएका गीत हुन् । पछिल्लो समय उनी संगीत क्षेत्रमा देखिने खराब प्रवृत्तिविरुद्ध खुलेर बहसपैरवीमा लागेकी छिन् । लोकदोहोरी फोहोरी भएकोमा उनलाई चिन्ता छ । विनाअनुमति सर्जकहरूको सिर्जना प्रयोग हुँदा आपत्ति छ । आइतबार दिउँसो लाजिम्पाटस्थित माइक्स क्याफेमा आस्थाले नेपाली संगीतको ट्रेन्ड, समस्यासहित आफ्नो रुचि, करिअर र प्रेमबारे अनिल यादवसँग गरेको अन्तरंग संवाद ।

अचेल केमा व्यस्त हो ?
अलिअलि सोहरू भइरहेको छ । सँगसँगै दोस्रो एल्बमको काम अन्तिम चरणमा छ । भिडियो बनाउन मात्र बाँकी छ ।

आस्थाले पुरानै हिट गीतको ब्याज अहिलेसम्म खाइरहेको छ भन्ने टिप्पणी पनि सुनिन्छ, सहमत हुनुहुन्छ ?
मैले त ४–५ वर्षअघिको खा’को हो, यहाँ कोही–कोहीले त २० वर्षअघिको हिट गीतको ब्याज पनि खाइरहेका छन् (लामो हाँसोसहित) । यसमा के गलत भयो र ?

नयाँ गीत कम आइरहेका छन् नि त !
आफ्नै एल्बम नआए पनि फिल्ममा त गाइरहेकै छु नि । तपार्इंहरूले नसुन्नु, ख्याल नगर्नु त अर्कै कुरा भयो । जति चर्चा ‘चौबन्दीमा पटुकी’को भयो त्यति अरूको भएन होला, त्यसैले चर्चा कम भएको हुनसक्छ । अर्को कुरा, मैले ‘चौबन्दी’मा पनि हिट हुन गाएको थिइनँ । म हिट हुनका लागि कामै गर्दिन । मैले रिजेक्ट गरेका केही गीत अहिले बजारमा सुपरहिट भएका छन् । यदि हिट हुनकै लागि मैले काम गरेकी थिएँ भने म ती गीत रिजेक्ट गर्ने थिइनँ । म अर्थपूर्ण गीत मात्रै गाउन रुचाउँछु । गीत यस्तो होस् जसले गाएपछि सिधैँ श्रोताको मनमा प्रभाव पारोस् । मलाई यस्तै गीतमा काम गर्न मनपर्छ ।

अरू गायक÷गायिकाका गीत गन्नैनसक्ने गरी आइरहन्छन्, तपाईंको हकमा संख्या किन कम ?
म संख्यामा होइन स्तरमा विश्वास गर्छु । जे पाए त्यही गीत गाएर मलाई चर्चामा आउनु छैन । न त्यसरी विवादमा पर्नु छ, न भाइरल हुनु छ । नेपाली संगीतमा दर्शक÷श्रोतालाई राम्रो र स्तरीय गीत दिनु अहिलेको आवश्यकता हो । एउटा संस्कार बोकेको, सकारात्मक सन्देश बोकेको गीत आउनुपर्छ ।

अहिलेसम्मको संगीत यात्रालाई आफैंले समीक्षा गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
मैले बच्चैदेखि गाउन थालेकी हुँ । मलाई लाग्छ– म त खेलीखेली रमाइरमाई यहाँसम्म आइपुगेकी हुँ । मैले संगीतलाई कामका रूपमा लिएकी छैन, इन्जोयमेन्टको हिसाबले लिएकी छु । पैसा कमाउनु ठूलो कुरा होइन , आफ्नो नाम, पहिचान र संगीतप्रतिको योगदान ठूलो कुरा हो ।

अहिलेको नेपाली संगीतको ट्रेन्डलाई कसरी विश्लेषण गर्नुहुन्छ, कता जानुपथ्र्यो, कता गइरहेको छ ?
बेलामौकामा अलिकति विकृति फैलाउने खालका गीत आउँछन् तर त्यसलाई निरुत्साहित गर्नुपर्छ । अहिलेको म्युजिक अलि खुल्दै गइरहेको छ, बाँधिएको छैन जुन राम्रो पक्ष हो । अलि ‘रिल्याक्स्ड’ र ‘जोली’ पाराको क्या ! ज्यादा रोनाधोना छैन । दुःख त जिन्दगीमा सधैँ छ । यसले त कसैलाई पनि छोड्दैन । तर दुःख भयो भन्दैमा खालि दुःखी, मन दुख्ने र रुवाउने गीत नै सुन्नुपर्छ भन्ने छैन । त्यसैले मान्छेहरूलाई जीवनप्रति सकारात्मक बनाउने खालका गीत बनिरहनुपर्छ, बनिरहेका पनि छन् । दर्शक÷श्रोतालाई पनि मेरो अनुरोध छ, ‘खुसी खोज्न बाहिर नभौँतारिनुस्, पहिला घरबाटै सुरु गर्नुस् ।’

पछिल्लो समय लोकदोहोरी गीत र लोकदोहोरी गायिकाप्रति तपार्इं निकै आक्रोशित भएर प्रस्तुत भइरहनुभएको छ । खास गुनासो केमा हो ?
व्यक्तिगत रूपमा मेरो कसैसँग केही गुनासो होइन । म व्यक्तिभन्दा प्रवृत्तिविरुद्ध बोलिरहेको छु । यसले कोही व्यक्तिलाई असर गर्छ भने त्यसमा मेरो भन्नु केही छैन । मेरो विमति भने गीत भनेको गीतजस्तो हुनुपर्याे, सभ्य हुनुपर्याे । अश्लील शब्द र अश्लील प्रस्तुतिप्रति मेरो आपत्ति हो । कलाकारलाई समाजको ऐना भनिन्छ, आइडियल मानिन्छ । त्यसैले हाम्रो काम समाजमा विकृति फैलाउने पक्कै होइन, यसलाई सहि पथमा डोर्याउने नै हो ।

मेला÷महोत्सवतिर ज्योति मगरलाई प्रतिबन्ध नै लाउनुपर्छ भन्ने आशयको स्टाटस लेख्नुभएको थियो !
नाई, त्यसरी बुझ्न पाइएन । मैले नाम त लेको छैन भने तपार्इंले कसरी प्रतिबन्ध लाउनुपर्छ भनेको भन्न सक्नुहुन्छ ?

फेसबुकमा त ‘वार’ नै परेको हो नि । पालैपालो एकअर्काप्रति व्यंग्यात्मक स्टाटस आएको थियो, होइन र ?
मैले प्रवृत्ति लक्षित गरेर एउटा स्टाटस लेखेको हो । त्यहाँ कसैको नाम थिएन । ज्योतिजीसँग मेरो व्यक्तिगत केही गुनासो छैन । म अहिले भेट भयो भने पनि उहाँसँग राम्रोसँग बोल्छु । उहाँप्रति मेरो सम्मान छ । मात्रै म लोकदोहोरीका नाममा देखिएको अश्लील प्रवृत्तिको विरोध गरिरहेको हुँ ।

ज्योतिसँग अहिले बोलचाल छ त ?
उहाँ पहिले पनि त्यति क्लोज साथी त होइन । दाङको कार्यक्रममा जाँदा भेटेको हो । त्यतिबेला उहाँलाई अलि सन्चो थिएन, त्यसैले खुलेर कुरा भएको थिएन । त्यसयता भेट भएको छैन । म उहाँको निर्धक्क बोल्ने बानीको प्रशंसक हुँ । उहाँका कतिपय विचारहरू मलाई मन पर्छन् । आज एकदमै अनेस्ट्ली भन्छु, मैले लेखेको त्यो पहिलो स्टाटस खासमा उहाँप्रति लक्षित नै थिएन । अरू नै कसैको व्यवहार देखेपछि फुरेको थियो । उहाँलाई त्यसले असर गरेछ, त्यसमा मलाई दुःख लाग्यो ।

तपार्इंको नजरमा ज्योति मगर कस्तो गायिका हो ?
उहाँको आफ्नै शैली छ, फ्यान फलोइङ आफ्नै छ भने मेरो आफ्नै । अन्तर्वार्ता ज्योतिजीप्रति फोकस्ड भएजस्तो लाग्यो तर फेरि पनि भन्छु, मैले उठाएको विषय प्रवृत्ति लक्षित हो । मेला÷महोत्सवमा बच्चाहरू पनि आउँछन् त्यसैले कम्तीमा त्यहाँ प्रस्तुत हुँदा भद्दा र अश्लील नभइदिए हुन्थ्यो भन्ने मेरो गुनासो हो । किनकि त्यसले स–साना बच्चाको मनोविज्ञानमा असर पु¥याउन सक्छ । १८ वर्षभन्दा माथिकालाई ठिकै छ तर त्योभन्दा मुनिका पनि सहभागी छन् भने पक्कै सोच्नुपर्छ । म कसैको लुगाको मापन गरिरहेको छैन, मात्रै अश्लील सुनिने शब्दका वाणीप्रति गुनासो हो । आफ्नो जवानमा लगाम लाउनुपर्याे क्या ! कि त १८ वर्ष मुनिकालाई त्यस्ता मेला÷महोत्सवमा जान दिनुभएन, कि त प्रस्तुति सभ्य र शालिन हुनुपर्याे । योभन्दा बढी यो विषयमा कुरा नगरौं ।

प्रसंग बदलौं । संगीत वृत्तमा पछिल्लो समय गीत चोरीका घटना एकदमै बढी सुनिए । यस्तो किन भइरहेको छ ?
संगीतकर्मीले सजिलो बाटो अपनाउन खोज्दा यस्तो भएको हो । हतार ग¥यो भने लतार त भइहाल्छ नि ! त्यसैले जे गर्दा पनि संयमित भएर गर्नुपर्छ । चाहे त्यो संगीत सिर्जना होस्, गायन होस् या नृत्य र अभिनय नै किन नहोस् ।

यसरी सिर्जना चोरी भइरहँदा पनि संगीतकर्मी मौन देखिन्छन् । तपार्इंंकै कुरा गर्दा पनि जसरी तपाईं लोकदोहोरी संगीतप्रति चिन्तित देखिनुहुन्छ, त्यो चोरीका हकमा देखिएन नि !
मैले त चोरीका विषयमा पनि लेखेको हो । तर मान्छेहरू भोलि पनि काम गर्नुपर्छ, किन छुच्चो हुनु ? खोलामा बसेर गोहीसँग किन पंगा लिनु भन्ने सोचेर चुप लागेका होलान् ।

हालसालै तपाईंले पनि ‘आफ्नो गीत अरूले फोकटमा गायो’ भन्ने आशयको गुनासो फेसबुकमा पोख्नुभएको थियो । के हो खास कुरा ?
हो । कता–कताबाट ट्र्याक फेला पार्ने अनि सर्जकलाई नसोधिकन, क्रेडिट नदिइकन गीत गाउने गरेको पाइयो । कमर्सियल्ली पारिश्रमिक लिएर गाउँदा पनि खास सर्जकलाई क्रेडिट नदिने ! अर्काको गीतलाई आफ्नै सम्पत्ति सम्झेर त्यसरी गाउन पाइँदैन । यो गैरकानुनी काम हो । ज–जसले अर्काको गीत गाएर स्टेजमा उफ्रिन्छन्, तिनीहरूले यो राम्रोसँग बुझून् । सक्छौ भने आफ्नै गीत गाऊ, सक्दैनौं भने कम्तीमा वास्तविक गायक, संगीतकार र रचनाकारको नाम लिएर गाऊ ।

तपाईंंकै गीत पनि क्रेडिड नदिइकन गाएको भेट्नुभयो कि क्या हो ?
हो । मैले नेपाल आइडलकै कन्टेस्टेन्टले त्यसरी गाएको भेटेँ । अब फेरि नेपाल आइडलको अर्को सिजन सुरु हुँदैछ । त्यसैले बेलैमा सचेत गरा’को । नेपाल आइडललाई चाहिँ ‘कटेसी’ नदिइकन अर्काको गीत गाउने छुट कसैले दिएको छैन । कम्तीमा म भने दिन्न । मैले मिहिनेत गरेर गाएको गीत अहिले जसले गाए पनि ताली त बजिहाल्छ नि । त्यो त गीतकै कारणले हुने हो नि, कोही व्यक्तिले राम्रो गाएर होइन ।

गीत छनोटमा अब झन् कडा हुनुपर्याे, सभ्य भएर गाएका गीत पनि नाच्नेहरूले छाडा भएर प्रस्तुति गरिदिए भन्ने अभिव्यक्ति आएको थियो । के हो खास कुरा ?
एउटा महोत्सवमा जाँदा मेरो गीतमा एउटाले नाचेको मैले हेर्नै सकिन । अबुइ, इट आव रियल्ली डिस्गस्टिङ ! एकदमै लाजमर्दो थियो । त्यो भन्छ नि, ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ ! हो, त्यस्तै फिल भएको थियो मलाई ।

अब एकछिन प्रेमको कुरा गरौं । एक वर्षअघि तपाईंले शुक्रवारसँगको कुराकानीमा ‘सूरत र सीरत दुवै भएको केटा’ खोजिरहेको बताउनुभएको थियो । भेट्नुभयो त ?
छैन । एकदमै गाह्रो रहेछ । सूरत हुनेको सिरत नहुने, सिरत हुनेको सूरत नहुने ! सूरत भन्दैमा त्यस्तो भयंकर ह्यान्डसम त खोजेको होइन तर कम्तीमा मसँग जोडी चाहिँ सुहाउनुप¥यो । मेरो भावनालाई बुझ्नुप¥यो, संगीतलाई पनि प्रेम गर्नुप¥यो । आफ्नो देश र छोरीचेलीलाई सम्मान गर्ने होस् । शरीरको उचाइभन्दा पनि विचारको उचाइ ठूलो होस् । अनुहार मात्रै राम्रो खोजेर त के लाइफ बित्ला र !

स्टेज कार्यक्रमका लागि देशविदेश घुमिरहँदा पनि कहीँकतै खोजेजस्ता केटासँग ठोक्किनुभएन है ?
केटै खोज्नलाई घुमेको होइन नि त, कामका लागि पो हो त ! (हाँस्दै) खोजेजस्तो नठोक्किने होइन तर विडम्बना कोही अलरेडी बिहे गरेको हुने, कोही अलरेडी रिलेसनसिपमा हुने । यस्तो भएपछि त ब्वायफ्रेन्ड बनाउने कुरै हुन्न, दाइ–भाइ बनाउनुपर्छ । तर एकदिन त पक्कै कोही न कोही ठोक्किएला नि, मनले खोजेजस्तो (हाँस्दै) ।

आस्थाको बिहे त हुन्छ नि ?
नभए के भो त ! मलाई त चिन्तै छैन । भएन भने बाबा–आमा पालेर बस्ने हो, आखिर एक्लो सन्तान हो, केको डर ? म त आफ्नो तालमा हिँड्ने हो, केहीको हतार छैन ।

तपाईं घरको छोरा र छोरी दुवै हो । त्यसैले घरज्वाइँ हुने खालको श्रीमान खोज्या त होइन नि !
छ्या, त्यस्तो त होइन हौ । कसैको आत्मसम्मानमा चोट पुगोस् भन्ने म चाहन्नँ । कहिले मेरो घर, कहिले उसको घर । सायद त्यस्तै होला ।

केही दिनअघि तपाईंको फेसबुकमा एउटा स्टाटस आयो, ‘कोहीसँग बोल्दै, हिँड्दै, भेट्दैमा ब्वायफ्रेन्ड ट्याग नलगाइदिए बेस, भएपछि म आफैँ दिल खोलेर भनुँला नि हुन्न र ?’ कोसँग ट्याग लाग्यो यसरी ?
मान्छेहरू म फ्र्याक छु, बोल्छु, हाँस्छु भन्दैमा ट्याग लाइदिने रैछन् । मलाई नै फलानासँग तेरो अफर छ रे भनेर एउटाले सोध्यो । अनि रिस उठेर लेखेको हो । अहिले मेरो दुईजना बेस्टफ्रेन्ड नै केटाहरू छन् । अब उनीहरूसँग नाम जोड्ने त ? केटा÷केटी सँगै हिँड्दैमा ब्वायफ्रेन्डको ट्याग लगाइदिने, योसँग सियोर अफेयर छ भनेर दाबी गरेको चाहिँ मलाई मन पर्दैन । अरे यार, खा’को विष पो लाग्छ त, नखा’को किन ?

राजनीतिमा पनि रुचि छ हो तपाईंको ?
रुचि त छ तर जाने मनस्थिति बनाइसकेकी छैन ।

मनोरञ्जन क्षेत्रको के कुरा देख्दा दुःख लाग्छ ?
एक समय ‘हाइ हाइ’ भएका कलाकार पछि ‘बाइ बाइ’भएपछि निराश भएको देख्दा दुःख लाग्छ । दुःखी नभएर समयलाई सजिलै स्वीकारे हुन्थ्यो भन्ने लाग्छ ।

आस्थाको मनमा कहीँकतै हिरोइन बन्ने रहर पनि छ, हो ?
म त बच्चैदेखि हिरोइन हो नि (लामो हाँसोसहित) ! बच्चादेखि स्टेज पर्फर्मर हो, डान्स गर्थेँ । ४ वर्षको नहुँदै मैले स्टेजमा डान्स गर्दा मुभीको अफर आ’को थियो । पढाइ बिग्रिन्छ भनेर घरबाट दिनुभएन । ममा एक्टिङ कला भरपुर छ भन्ने लाग्छ । सायद आफूले गर्न सक्छु भने सबैलाई लाग्दो हो । तर गायनसँगसँगै अभिनयमा पनि जाने सोच बनाइसकेको छैन । कुनै दिन मलाई सुहाउँदो र मैले गर्न सक्ने रोलमा अफर आयो भने सोचौँला । मामुले त ‘म फिल्म खेल्न दिन्नँ, पछि बिहे गरेसी बुढाले दियो भने अर्कै कुरा’ भनिसक्या छ ।

किन नि ?
मामुलाई लाग्छ, ‘म सिगिंङमै ठिक छु र दुईतिर हात नहालेकै राम्रो !’ म मेरो मामुको आज्ञाकारी छोरी हो, मामुले जे भने त्यही गर्ने हो । यो दुनियाँमा आस्था कोही माइकालालसँग डराउँदैन, सिवाय मेरो मामुसँग (हाँस्दै) ।

You can share this post!

Leave Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *