नाटक ‘क्लेशाः’ मञ्चनको तयारी तिव्र, नाटक जेठ १७ देखि असार ८ गतेसम्म मञ्चन हुँदै


जेठ १७ गतेबाट मण्डला थिएटर, सिंहदरबार पुर्व गेट, अनामनगरमा मञ्चन हुने नाटक ‘क्लेशाः’ मञ्चनको तयारीमा तिव्रता दिइएको छ ।  करमन थिएटरको प्रस्तुती रहेको यस नाटकलाई विजया कार्किले निर्देशन गर्नु भएको छ ।


करमनले आफ्नो पहिलो नाटक प्रदर्शनीको तयारी गर्दैछ। ‘क्लेश’ नामक नाटकको मुख्य स्रोत रामायण हो । ‘क्लेश’ ले ऋषि वाल्मिकीको आलौकिक कहानीलाइ विशुद्द समसामयिक रुपमा नाटकीय प्रस्तुति गर्ने चेष्टा गरेको छ । कुनै धार्मिक धागोले नाबेरिकन, एउटा पुनर्परिभाषित साहित्यको रुपमा रामायणलाई व्याख्या  गर्दै नयाँ कोणबाट रामायणलाई हेर्न खोजिएको छ।

हिन्दु शास्त्र अनुसारका ‘क्लेश’ का पाँच तत्व ( अज्ञानता, अहंकार, मोह, विच्छेद
र डर) यो नाटकको दार्शनिक पृष्ठभुमिमा रहने छन् । नेपालको एउटा दुर्गम गाँउमा पंचायति व्यवस्थाको सामाजिक र संस्कृतिक परिवेशमा रामायणका प्रमुख पात्रहरुलाई पुनार्परिभाषित गरिएको छ ।
‘क्लेश’ स्कूल, कलेज र विश्वविध्यालयका विद्यार्थीहरु, शिक्षक, रंगकर्मी, कलाकार, संस्कृतिकर्मी, लेखक, पत्रकार, राजनैतिक  लगायत सम्पूर्ण रंगमंचका दर्शकहरुको लागि बनाइएको निर्देशक कार्की बताउनुहुन्छ।

नाटकामा कुशल पाण्डे, सृजना अधिकारी, तुफान थापा, सुरक्षा पन्त, स्वपनिल घिमिरे, रूजु शर्मा, प्रतिक मरहठ्ठा, राज खड्का, सबिना थापा, सुदिप खतिवडा लगायतको अभिनय हरेको छ भने रिजन परियारले मञ्च व्यवस्थापन हेर्दै हुनुहुन्छ ।

You can share this post!