१७ वटा बैंक तथा वित्तीय संस्था मर्जर र एक्वीजीसनको प्रक्रियामा

चैत्र १० काठमा०डाै ः नेपालमा बैंकको औपचारीक कारोबारको सुरुवात भएको करीब एक शताब्दी भइसकेको छ । १९९४ सालमा पहिलो बैंकको रुपमा नेपाल बैंकको स्थापना भएको थियो। बैकंको स्थापना पछि ०६८ सम्म आइपुग्दा २ सय १८ वटा वित्तीय संस्था पुगेका थिए ।

बैंकिङ तथा बित्तिय संस्थाको सङख्या धेरै भएपछि नेपाल राष्ट्र बैंकले २०६८ सालमा बैंक तथा वित्तीय संस्था गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी विनियमावली जारी गरेको थियो । तर पनि बैंकको संख्या खासै घटन सकेन । नेपाल राष्ट्र बैंकको २०७५ माघ मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहहरुको संख्या १ सय ५७ रहेको छ । 

राष्ट्र बैंकको पछिल्लो नीतिले बैंहरुमा मात्र नभएर लघुवित्तको क्षेत्रमा पानी मर्जरको सुरुवात भएको छ । राष्ट्र बैंकले क्षेत्रीय स्तरका विकास बैंक र वित्त कम्पनीहरुलाई पनि आगामी २०७७ असार मसान्त भित्रमा आफ्नो कार्यक्षेत्रलाई प्रदेश अथवा रष्ट्रिय स्तर रोज्न निर्देशन दिएको छ । राष्ट्र बैंकले उक्त निर्देशनमा २०७७ असार मसान्त भित्रमा प्रदेश स्तरको हुने विकास बैंकले १ अर्ब २० करोड र वित्त कम्पनीले ५० करोड तथा राष्ट्रिय स्तरको विकास बैंकले २ अर्ब ५० करोड र ८० करोड रुपैयाँ पूँजी पुर्याउनु पर्ने हुन्छ । राष्ट्र बैंकले पूँजी वृद्धि गर्दा मर्जरलाई प्राथमिकतामा राख्न पनि निर्देशन दिएको छ ।

राष्ट्र बैंकको उक्त नीति सँगै क्षेत्रीय स्तरको विकास बैंकहरु तथा पुँजी पुर्याउन नसकेका फाइनान्स कम्पनीमा मर्जरको लहर फेरी सुरु भएको छ । अहिले भने जम्मा जम्मि गरि १७ वटा बैंक तथा वित्तीय संस्था मर्जर र एक्वीजीसनको तयारि प्रक्रियामा छन् ।

प्रदेश १ का सप्तकोशी र कावेली विकास बैंक मिलेर प्रदेश स्तरको बन्ने सम्झौता भएको छ । अरू  गाभिने सम्झौता भएका बैकं तथा बित्तिय संस्थाहरू ।

प्राइम कमर्शियलमा ओम डेभलपमेन्ट बैंक गाभिदै

ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्स गाभ्दै 
नेपाल इन्भेष्टमेन्ट बैंकमा जेविल्स फाइनान्स गाभिदै

देवः विकास बैंकमा सहारा र वेस्टर्न डेभलपमेन्ट बैंक गाभिदै 
तिनाउ विकास र मिसन डेभलपमेन्ट बैंक बराबर हैसियतमा गाभिने
ज्योति विकास बैंकमा हाम्रो विकास बैंक गाभिने प्रक्रिया अन्तिम चरणमा
शाइन रेसुङ्गा र पूर्णिमा विकास बैंक गाभिएर राष्ट्रिय स्तरको बन्दै
तनहुँको आर्थिक समृद्धि र गोरखाको साधना लाघुवित्त मर्जरमा जाँदै 

You can share this post!