सावरीसाधनका चालकलाई कारवाही

माघ २१ ः चालू आर्थिक वर्षको ६ महीनामा डडेल्धुरा जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार सात सय भन्दा बढी सवारीसाधनका चालकलाई कारवाही गरिएको छ। कारवाही पर्नेमा सबैभन्दा बढी जिपका चालक रहेका छन्।


करबाहि पर्नेमा मोटरसाइकल, जिप, बस, ट्रक र ट्याक्टरका चालक रहेका छन । चालू आर्थिक वर्षाको पुस ३० गतेसम्म ती सवारीसाधनका चालकबाट आठ लाख ९३ हजार राजश्व सङ्कलन गरिएको थियो।


यसैगरि साउनमा २४६, भदौमा २१४, असोज ३३२, कात्तिकमा ३५४, मङ्सिरमा २७८ र पुसमा २७६ सावरीसाधनका चालकलाई कारवाही गरिएको थियो।ट्रफिकले चेक जांचमा कडाई गरेपछि अहिले भने ट्राफिक नियम उल्लङ्घनका घटनामा कमि आएको छ ।

You can share this post!