शिबपुरीधाममा गौशाला!

मिति २०७५ साल मंसिर २० गतेका दिन कैलाली जिल्लाको धनगढीस्थित शिबपुरी धाममा गौमाताको रक्षार्थ कार्यका लागि समिति गठन भएको छ। बिगत लामो समयदेखी गाईहरुलाई शहरी ईलाकामा बेबारिसे अबस्थामा छाडने हुनाले शहर पनि अब्यबस्थित तथा असुरक्षित हुने गरेको साथै बेबारिसे गाईहरुको पनि उचित लालन पालन हुन सकेको छैन।

हिन्दु धर्माबलम्बीहरुबिच गाईलाई अन्य जनावरको दाँजोमा उच्च महत्वका साथ आमाको रुपमा हेरिने गरिन्छ। पशु अधिकारकर्मीहरुले पनि यसरी पशुलाई छाडा रुपमा छोडनुलाई गम्भिर रुपमा लिने गरेका छन। धनगढि उप-महानगरपालीकाको सहयोग तथा स्वत: स्फुर्त रुपमा स्थानिय सरोकार समिति गठन गरेर यस क्षेत्रका बेबारिसे गाईहरुको उचित स्याहार संहार गर्ने उद्देश्यले शिबपुरी धाममा नयाँ गौशाला बनाउने निर्णय भएको छ। यस गौशाला संचालन समितिले देश बिदेशबाट यस अभियानका लागि सहयोगको पनि अपेक्षा राखेको छ।

You can share this post!