शनिवार सम्म वर्षाको सम्भावना

फागुन ३, काठमाडौं ः हिजोदेखि सुदुरपश्मि भुभागहरुमा लगातार पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले शनिवारसम्मसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


काठमाडौँ उपत्यकामा तीनरचार दिनयता घाम लागेकाले केही न्यानो महसुस गरिए पनि पश्चिमी वायुको प्रभावले बदली गराएका कारण काठमाडौँमा केही चिसो बढाएको छ ।


शनिबार पनि देशका अधिकांश स्थानमा बदली र पश्चिम, पूर्वी तथा मध्य नेपालका पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने पश्चिमी भेगका अधिकांश र मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

You can share this post!