विभिन्न कार्यक्रमहरु गरि सहिद दिबस मनाईदै

माघ १६, काठमाण्डौ ः आज सहिद दिबसको अबसर पारेर विभिन्न प्रदेश तथा ठांउहरुमा विभिन्न ठांउमा विभिन्न कार्यक्रम मनाउदै सहिद दिबस मनाईदैछ ।


यसैको माघ १० देखि नै सहिद दिबसको अबसर पारेर सहिदको सम्झनामा विभिन्न ठांउमा विभिन्न कार्यक्रमहरु मनाउदै आईरहेका छन ्। माघ १६ मा शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र लखन थापामगर लगायतका शहीदहरूको सम्झना गरिन्छ । राणा शासन बिरूद्ध लडेका शहीदहरूको सम्झनामा शहीद दिवस मनाउन थालिएको हो ।
देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्ने शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको वलिदान गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ ।
यही सहिद दिवसको अवसर पारेर आज त्रि ।वि का पहिलो शहीद इश्वरीदत्त शर्मा को सम्मान स्वरुप ूइश्वरीदत्त शर्मा भलिबल कप २०७५ू खप्तड युवा समाजद्धारा आयोजित कार्यक्रम सुरु गरिएको छ ।

You can share this post!