विप्लवकाे प्रभावले जनजिवन प्रभावित

फागुन ३०, काठमाण्डौ ः सरकारले प्रतिवन्ध घोषणा गरेको नेत्रविक्रम चन्द विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव लगभग जिल्लाका सबै प्रदेशमा परेके छ । कुनै कुनै ठांउमा भने फाटफुट गाडि चलिरहेकाे छ ।

बन्दकाे प्रभावका कारणा यातायात सेवा, पठनपाठन लगायत अरू कार्यालय पनि बन्द भएका छन । विभिन्न बस समिति, जीप समितिहरुका टिकट काउन्टर बन्द गरिएका छन् । सार्वजनिक यातायातका साधन नचल्दा देशभरिको जनजीवन प्रभावित भएको छ ।

 बुधबार बेलुकी नै कैलालीकमा विवाहको गाडीमा आगो लगाइएको छ भने बिहीबार बिहान सुदूरपश्चिमको तराईलाई पहाडी जिल्लासग जोड्ने भीमदत्त राजमार्गको गोदावरी सडक खण्डमा सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

You can share this post!