वाग्मती मुहानबाटै फोहर नगर्न जनजागरण अभियान

काठमाडौँ, २० पुस ः एउटा तिर्थस्थलको रुपमा मानिने बाग्मति नदि अहिले फोहोर फाल्ने ठांउको रुपमा परिणत भएको छ । जांहाको पानिले स्नान गर्दा शुद्ध मानिने वाग्मति नदि अहिले गनाउने खोला भको छ । वाग्मतीको मुहानस्थित वाग्द्वारदेखिकै नदीलाई फोहर मिसिन नदिन वाग्मती सुन्दरता सरोकार मञ्चले गोकर्णेश्वर नगरपालिका–१ मा भेला गरेको छ । मुहानदेखि नै उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीलाई सफा बनाउने उद्देश्यले जनजागरणमूलक अभियानलाई तीव्र बनाइएको छ ।

समितिका अध्यक्ष पोखरेलले मुहान क्षेत्रदेखि नै फोहर हाल्न नदिन नागरिक संस्थाका रुपमा खबरदारी गर्ने बताउनुभयो । वडा अध्यक्ष राम मानन्धरले वाग्मती सफाइ अभियानलाई नगरपालिकाले नमूनाका रुपमा अघि बढाउने बताउनुभयो । मञ्चका संयोजक उत्तम पुडासैनीले स्वाभिमान र आत्मसम्मानलाई जोगाउने हो भने सफा नेपालका लागि घर घरबाट अभियान चलाउनुपर्ने बताउनुभयो । कार्यक्रममा एकीकृत विकास समाजका सञ्चार विज्ञ निमेश रेग्मी लगायतका वक्ताले सफाइ अभियानलाई पहिलो प्राथमिकताका रुपमा राख्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी कागेश्वरी मनोहरा नगरपालिका–९ मा नगरस्तरीय सरसफाइ समितिको नाममा मञ्चको वडासमिति गठन भएको छ । नगरपालिकाकी उपप्रमुख विन्दु पुडासैनी सिङ्खडाको उपस्थितिमा भेला भएको थियो । घरघरबाट सफाइ अभियान शुरु गरिनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा वडाअध्यक्ष कुन्दन खड्काले सफाइ अभियानमा वडालाई नमूना बनाउने प्रतिबद्धता जनाउनुभयो । भेलाले वडा सदस्य डोलनाथ पोखरेलको संयोजकत्वमा नयाँ वडा समितिसमेत गठन गरेको छ । दुबै वडामा गठन भएका समितिले वडास्तरमै नदीमा फोहर नगर्न जनचेतनामूलक अभियान चलाउने जनाएका छन् ।

You can share this post!