युरेशिया रेयुकाई नेपालको रक्तदान कार्यक्रम

काईटसंसार सम्बाददाता, २६ श्रावण २०७५, –  युरेशिया रेयुकाई नेपालको आयोजनामा मिति २०७५ श्रावण २६ गते शनिबारका दिन सानेपा प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भयो। समारोहको प्रमुख अतिथि माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री डा. सुरेन्द्र कुमार यादबज्यूले एक समारोहकाबिच आफैले रक्तदान गर्नुभई कार्यक्रमकको उद्घाटन गर्नुभयो।

राज्यमन्त्रीज्यूले रक्तदानजस्तो अमुल्य मानबसेवामा सबैलाई सहभागी भई रक्तदान गर्नका लागि आब्हान गर्नुभयो।

रक्तसंचार सेवाका निर्देशक डा. मनिता राजकर्णीकारज्युले रक्तदानको महत्व प्रकाश पार्दै सहभागिहरुलाई उत्साह प्रदान गर्नुभयो। उक्त कार्यक्रममा सम्पन्न बृहत रक्तदान कार्यक्रमबाट ४६५ पिन्ट रगत संकलन भएको कुरा जानकारी गराउनुभयो।

यहि श्रावण २८ गते कैलाली जिल्लाको टिकापुरमा तथा बिभिन्न मितिमा देशका बिभिन्न स्थानहरुमा यस्तै प्रकारको रक्तदान कार्यक्रम आयोजना हुने कुरा सो कार्यक्रममा जानकारी दिईएको थियो।

कार्यक्रमका केहि तस्बिरहरु;

 

 

 

 

 

You can share this post!