गुल्मीमा निःशुल्स्वाक स्वास्थ्य शिविर सम्पन्न !

विश्व मुटुरोग दिवसको अवसरमा “लायन्स क्लब अफ काठमाडौं लर्ड वुद्ध” ले गुल्मीको सदरमुकाम तम्घासमा त्रिदिवसीय कार्यक्रम आयोजना गरेको छ । ११ असोजमा मुटुरोग अभिमुखीकरण तालिम जनप्रतिनिधी र कार्यलय प्रमुखलाई दिएर सुरु गरिएको थियो ।

सोही दिन सबै डाक्टरसहित स्वास्थ्यकर्मीलाई मुटुरोग सम्बन्धी तालिम प्रा.डा.प्रकाशराज रेग्मीले दिनुभएको थियो ।

 

लाईन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध ले आयोजना गरेको बृहत स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गर्न १२ गते गुल्मी पुगेका गृहमन्त्री थापाले ‘मुटु सम्बन्धी रोग बढी मात्रमा गरिबलाई लाग्छ । यसर्थ गरिब जनतालाई समृद्धिको दिशा तर्फ लैजाने गरि सरकार अघि बढेको छ भन्नुभयो। उहाँले गुल्मीको स्वास्थ्य क्षेत्रमा केन्द्र सरकारले समधान गर्नु पर्ने केही समस्या भए समधान गरिने आश्वासन पनि दिनुभयो ।

१२ असोज र १३ असोजमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा  पहिलो दिन मै करिब एक हजार मानिसहरुले स्वास्थ्य सेवा पाएका थिए भने दोस्रो दिनमा करिब दोब्बर को संख्यामा २ हजार २ सय १५ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

जस मध्य

१. १ सय ५६ जनाको इको -मुटुको एक्सरे- गरिएको थियो

२. २ सय ८८ जनाको इसीजी,

३. २ सय २२ जनाको पेटको भिडियो एक्सरे

४. २२ जनाको इण्डोस्कोपी,

५. ३ सय ५९ जनाको पाठेघरको मुखको क्यान्सरको स्केनिङ गरिएको थियो

६. ४ सय ५२ जनालाई प्याथोलोजी सम्बन्धी सेवा दिइएको थियो ।

स्थानीय शिविर संचालन समिति संयोजक शेरबहादुर थापाका अनुसार छिमेकी जिल्ला अर्घाखाँचीका समेत स्वास्थ्य उपचार लिन आएका थिए ।जहाँ वीर अस्पतालका वरिष्ठ मुटु रोग बिषेज्ञ डाक्टर तथा प्रकाश राज रेग्मी, बरिष्ठ फिजिशियन तथा लिभर, आन्द्रा मधुमेह रोग विशेषज्ञ डाक्टर दिनेशचन्द्र पोखरेल, प्रसुती तथा स्त्री रोग बिशेषत्र सौजन्य कमचार्य, वरिष्ठ फिजिसियन डाक्टर रोशनकुमार झा, हाड जोर्नी बिशेषज्ञ डाक्टर आदित्य आनन्द लगायत आउनुभएको थियो ।

सो संस्थाका शिविर सञ्चालन समितिका संयोजक प्रदिप पोखरेल हुनुहुन्थ्यो । ३० लाख मुल्य बराबरको औषधि सो संस्थाले ल्याएर निशुल्क वितरण गरेको थियो ।

शिविरमा आउने मध्ये ३ जना अति विपन्न मुटु सम्बन्धी रोगी जस्तै मुटुको भल्भ फेर्ने लगायतका विरामीलाई संस्थाले दिर्घकालीन रुपमै निको पार्ने गरी निःशुल्क उपचार गर्नेछ । ३ जना  भनिएता पनि १ जना मात्र तेस्तो रोगी भेटिएको थियो जसलाई काठमाडौंमा उपचार को लागि ल्याईएको छ  ।

औषधी पनि निःशुल्क वितरण गरिएको कार्यक्रम संयोजक प्रदीप पोख्रेलले जानकारी दिनुभयो ।

उक्त शिविरको नेतृत्व बरिष्ठ मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मी र बरिष्ठ फिजिसियन एण्ड इन्टेरोलोजिष्ट डा. दिनेशचन्द्र पोखरेलले गर्नुभएको थियो । उक्त स्वास्थ्य शिविरमा ७ जना बरिष्ठ डाक्टरसहित ६ जना मेडिकल डाक्टर गरी ३० जनाको मेडिकल टिम संलग्न थियो ।

लायन्स क्बलका अध्यक्ष विष्णु भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी गृहमन्त्री रामबहादुर थापा र बिशिष्ट अतिथीका रुपमा सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल उपस्थिती हुनुभएको थियो ।

कार्लायक्रमलाई सहयोग गर्ने संघ संस्था निम्ननानुसार छन ।

१. भरोसा अस्पताल प्रा. ली. काठमाडौं।

२. भिजन पोलिक्लिनिक प्रा. ली. काठमाडौं।

३. काईट कन्सल्टेन्सी प्रा.ली. बागबजार, काठमाडौं।

४. सक्षम डाईग्नोष्टिक प्रा. ली. पुतलीसडक, काठमाडौं।

५. सशस्त्र प्रहरी बल नेपाल

६. सिटिजन ईन्टिग्रेटेड कलेज तथा सनसाईन बोर्डिङ स्कुल काठमाडौ,

७. बुद्दनगर पार्टी प्यालेस बुद्दनगर, काठमाडौं।

८. प्रभु बैक लिमिटेड।

 

You can share this post!