बैकं तथा वित्तिय संस्थाहरूको निक्षेपमा बृदि

चैत्र ३ , काठमाण्डौ ः अघिल्लो वर्षको भन्दा पछिल्ले समयमा बैंकहरुको निक्षेप २१ प्रतिशतले बढके छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८ दशमलव ७ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा २०७५ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१.३ प्रतिशतले बढेको छ । यो आवधिको बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्तीमा ८.७ प्रतिशत, बचतमा ३३.५ र मुद्दती खातामा ४७.६ प्रतिशतले वृद्धि भएको छ । भने चालु आर्थिक वर्षको माघ मसान्त सम्मको बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४ दशमलव ८ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६ दशमलव ८ प्रतिशतले बढेको थियो भने गत वर्षको माघ मसान्त सम्ममा निक्षेपको वृद्धिदर चल्तीमा ८.२ प्रतिशत, बचतमा ३६.६ प्रतिशत र मुद्दतीमा ४३.९ प्रतिशत रहेको थियो ।

 

You can share this post!