बाढीपीडितलाई घर हस्तान्तरण

मङ्सिर ९ , : बाढीपीडितलाई विपद् प्रतिरोधी आवास निर्माण परियोजनाअन्तर्गत ओल्ड रिन्यु क्यानडाको आर्थिक सहयोग र गुलरिया नगरपालिका बर्दियाको समन्वयमा कारितास नेपालले शनिबार १०३ वटा घर निर्माण गरी हस्तान्तरण गरेको छ ।
बाढीबाट प्रभावित पूर्ण क्षति भएको घर गुलरिया नगरपालिका–१, ३, ४, ५, ८, १० र १२ मा निर्माण गरिएको हो ।
सो घर निर्माणका लागि प्रतिघरमा रु तीन लाख २५ हजार बराबरको लगानी भएको बताइएको छ ।
कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव, ओल्ड रिन्यु क्यानडाका आवाशीय प्रतिनिधि मुक्ति सुवेदी, जिल्ला प्रशासन कार्यालय बर्दियाका निमित्त प्रमुख महेन्द्रजङ्ग शाही, नेपाल पत्रकार महासङ्घका अध्यक्ष राजेन्द्रप्रसाद धिताल, राजनीतिक दल, नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण वली, गैससका अध्यक्ष विष्णुप्रसाद तिमिल्सेना, सञ्चारकर्मी समाजसेवीलगायत स्थानीयवासीको उपस्थिति रहेको थियोे ।
निर्माण गरिएको घरमा पीडितहरुको परिवारको सदस्य सङ्ख्याका आधारमा वितरण गरिएको जनाइएको छ ।-रासस

You can share this post!