बझाङमा एक महिना देखि हिमपात

फागुन १९ : बझाङका पहाडी तथा उच्च हिमाली भेगमा एक महिनादेखी परेके हिमपातका कारण त्यहांका बासिन्दाहरूले कषटकर जिवन विताउन बाध्य बनेका छन । हिमपात सँगै अत्याधिक बढेको जाडोका कारण दैनिक गतिविधी गर्न स्थानियलाई समस्या भएको छ ।

पौष महिनाको अन्तिम साता देखि पटक पटक हिमपात हुँदा लेकाली भेगमा बाक्लो हिउ“ जम्मा भए पछि मानिसहरुलाइ घरबाट बाहिर निस्कन सकिने अबस्था  छैन । घरको आगन देखी छत, मेलापात गर्ने ठाँउ सबै तिर बाक्लो हिमपात भएको छ । 

चिसोले ससाना बालबालिका र बृद्धबृद्धालाई प्रभाव बढि भएको र चिसोका कारण बालबालिकाहरु विरामी पर्न थालेको स्थानियले बताएका छन । अत्याधिक जाडो बढे संगै बालबालिकामा निमोनिया र बृद्धबद्धाहरुमा दमको संक्रमण बढीरहेको छ ।

You can share this post!