फोकस नेपालको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

राजधानीको पद्मकन्या क्याम्पसमा फोकस नेपालले शनिबार साँस्कृतिक कार्यक्रमगरी सहयोग हस्तान्तरण र सम्मान साथ साधारणसभा सम्पन्न गरेको छ ।

उक्त साधारणसभा कार्यक्रमका प्रमुख अतिथिमा नेपाल सरकारका पूर्वसचिव किशोर थापा, विशिष्ट अतिथिमा राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष रामकृष्ण कर्माचार्य र अतिथिहरुमा समाजसेवी उत्तरकुमार श्रेष्ठ, सी नेपालकी अध्यक्ष स्मिता लामा, स्थानीय नागरिक समाजका अध्यक्ष रुद्र कुमार जोशी, प्रहरी नायव निरीक्षक सीता सिंह, उदघोषण प्रशिक्षक जनार्दन अधिकारी लगायत रहेका थिए ।

कार्यक्रममा विभिन्न सहयोगी संस्थाहरुलाई सम्मान गर्नुका साथै संस्थाद्वारा सञ्चालित उदघोषण तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएका थिए । कार्यक्रममा गोरखाका, लखन गाउँपालिका–८, का अमृत अधिकारी र उत्तरकुमार श्रेष्ठ लगायतका यूवाहरुले केन्द्रित नेपालमार्फत २१ जना असहाय बालबालिकाहरुका लागि स्वीटर र झोला हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रका कलाकारहरुले आफ्न प्रस्तुति राखेका थिए । फोकसलाई ज्ञानमन्दिर समूह काठमाडौंले २१ थान विद्यालय पोशाक संस्थालाई हस्तान्तरण गरेका थिए । रामचन्द्र काफ्ले सञ्चालन गरेका कार्यक्रम फोकसकी अध्यक्ष रेखा भन्तनाको सभापतित्वमा सम्पन्न भएको थियो ।

You can share this post!