प्राविधिक शिक्षाको आकर्षण

नेपालमा अहिलेको शिक्षापद्धतिले मानिसलाई बेरोजगार मात्र बनाईरहेको छ । यदि रोजार भएपनि भनेको जस्तो पारिश्रमिक पनि हुदैन । यसले गर्दा कयौं शिक्षित युवाहरु विदेश पलायन हुने गर्छन् । तर अहिले नेपालको प्रत्येक प्रदेशमा प्राविधिक शिक्षाको पहुंच विस्तारै बढ्दै गईरहेको छ । प्राविधिक शिक्षाले अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको आकर्षण प्राविधिक शिक्षामा भएको हो ।महंगो शुल्क तिरेर भएपनि पछिल्लो समयमा जिल्लामा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । प्राविधिक शिक्षा अन्तर्गत नर्सिङ,, सिभिल इन्जिनियरिङ, वन विज्ञान, कृषि जेटीए, पशु जेटिए, लघु उद्यम सहजकर्ता, ब्युटिसियन, मोबाइल मर्मतलगायत अन्य विभिन्न किसिमका शिक्षाहरु पर्दछन । बीस प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक परीक्षाका माध्यमबाट पढाइ पूरा हुने गर्दछ । सबै ठांउमा विभिन्न सुविधाको अभाव हुने भएकाले विकट क्षेत्र गांउघरतिर वन विज्ञान, कृषि जेटीए, पशु जेटिए जस्ता प्राविधिक शिक्षाको पहुंच पुगेको छ । यो शिक्षाले नेपालमै केहि गर्न सकिने , बेरोजगार पनि बस्नु नपर्नै र आर्थिक क्षेत्रमा पनि केहि पहुंच पुग्नेछ ।

 

You can share this post!