नेपाल आइडल रविकी आमाको मृत्यु

पुस ११ ।भर्खरै दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको आज मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट करेन्ट लागेर मृत्यु भएको छ । करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
रविलाई जन्मदिने आमाको पहिले नै निधन भइसकेको भएपनि उनि कर्म दिने आमासँग हुर्केका थिय । उनि नेपाल आईडल विजेता बनेको पनि धरै भएको छैन स। तर नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै उनको परिवारमा अर्को दुःखद घटना घटेको छ ।
दोस्रो नेपाल आइडल बनेका रवि भने विभिन्न ठांउमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका बेला उनिले आफ्नो खुसि संगै अर्को खुसि गुमाउनुपरेको छ । जुनबेला उनि आपनो व्यस्तताका कारण घर सम्म जान भ्याएका थिएनन् ।

You can share this post!