सुनसान गांउबस्ति


दशै तिहारका लागि गांउ घरतिर भित्रिएका मानिसहरु तिहार सकिए लगत्तै आआफ्नो कर्मस्थलतिर ओर्लिरहेका छन् । सबैभन्दा ठुलो पर्व दशै र तिहारको अवसर पारेर विभिन्न ठांउमा कार्यरत ब्यक्तिहरु आफ्नो घर भित्रिने गर्छन् । जसले गर्दा गांउघरतिरको चहलपहल निकै बढ्दो हुन्छ भने तिहार सकिए लगत्तै गांउबस्तिहरु सुनसान हुंदै जान्छन् । अधिकांश जिल्लाका धेरैजसो बस्तिबाट घरैपिच्छे बैदेशिक रोजगारको लागि बाहिरिने गर्छन् । कयौं ब्यक्तिले नेपालभित्रकै शहरी क्षेत्रलाई कार्यस्थल बनाएका छन् भने कयौंले नेपालभन्दा बाहिरका विभिन्न क्षेत्रलाई कार्यस्थल बनाएका छन् ।

You can share this post!