दोस्रो नेपाल आइडल रविकी आमाको मृत्यु

पुस ११ । भर्खरै दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको आज मृत्यु भएको छ ।  बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट करेन्ट लागेर मृत्यु भएको छ । करेन्टलागेपछि घाइते रहेकी उनलाई करेन्ट लागेपछि उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्याइएको थियो। अस्पतालले उनलाई सेती अञ्चल अस्पताल रेफर गरेपछि उनलाई त्यसतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो थियो । रविलाई जन्मदिने आमाको पहिले नै निधन भइसकेको भएपनि उनि कर्म दिने आमासँग हुर्केका थिय । उनि नेपाल आईडल विजेता बनेको पनि धरै भएको छैन स। तर नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै उनको परिवारमा अर्को दुःखद घटना घटेको छ ।

दोस्रो नेपाल आइडल बनेका रवि भने विभिन्न ठांउमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका बेला उनिले आफ्नो खुसि संगै अर्को खुसि गुमाउनुपरेको छ । जुनबेला उनि आपनो व्यस्तताका कारण घर सम्म जान भ्याएका थिएनन् । विष्णा रविकी कान्छी आमा हुन् । जन्मदिने आमाको सानैमा मृत्यु भएपछि रविका बावुले विष्णासँग दोस्रो विवाह गरेका थिए । उनै विष्णाले रविलाई हुर्काएकी थिइन् । तर, नेपाल आइडल–२ का विजेता छोरा रविसँग त्यसको खुसी साट्न नपाउँदै विष्णाको निधन भएको छ ।

You can share this post!