दुर्गा जोसी का पिडा दुइ गजल भित्र

काेहि दुखिरहेछन बंगलामा बर्षौ देखि ।।
काेहि खुसीछन खरको छानामा बर्षौ देखी।।
हाम्राे अाजादीलाई गिज्याउनकाे लागि
चरा बसिरहेको छ पिजडामा बर्सौ देखि ।।
अाज उस्काे याद अाँसु बनि सकिएछ
जस्लाई सजाए यि अाखामा बर्षौ देखि ।।
गाउँका सम्भावनाहरु पनि गुमनाम छन
सहरका हल्ला छन चर्चामा बर्षौ देखि ।।
अाउ अब देश बचाउन हामी गएर उभिउँ
दसगजा उभियो सिमानामा बर्षौ देखि ।।

—————————————————————————————————————————————–

जब फरक भइदिन्छ वास्तविकता पनि ।।
टुक्रिन्छ्न रहरहरु टुट्छन सपना पनि ।।
परदेशीेयकाे छोराे लास बनेर फर्कियाे छिन
बुढीआमा बर्षौ देखी विधुवा पनि ।।
तरबार उठाउने हरमान्छे बदमास नहोला ।
अाखिर बेइमान निस्किए निर्दोष चेहेरा पनि ।।
चोटको बदला तिमीलाई चोट पठाउनुथियो ।
नहुदोरहेछ सबै सबैमा दुखाउने कला पनि ।।
बा ले रिन गरेर पढाउन पठाएका थिए ।
छोरो गजलै लेख्दो रहेछ सहरमा पनि।।
** दुर्गा जोशी

You can share this post!