गोली लागेर महेन्द्रनगरमा १ जना को मुर्त्यु , आन्दोलन अझै उग्र बन्दै गएपछि प्रहरी ब्यापक परिचालन

८ भदौ, काठमाडौं ।

कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा शनी खुना छन् ।

Image may contain: one or more people, people sleeping and people sitting

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख कुवेर कडायताका अनुसार घाइते हुनेमा कमिन्द्र सिंह, सुरेश चटौत, दामोदर खत्री, उमेश देउवा र चेतन भट्ट छन् ।

घाइतेहरुको कञ्चनपुरस्थित स्थानीय अस्पताल र केहीको धनगढीमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय र त्यहाँको सवारी साधानसमेत तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । यद्यपि, स्थिति नियन्त्रणमा नआएपछि गोली चलेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले अनलाइनखबरलाई बताए ।

यद्यपि, मानवीय क्षतिको विवरण भने प्रहरी प्रधान कार्यालयसम्म अाइनपुगेको थापाले बताए ।

शुक्रबार नेकपाका नेता भीम रावल दिएको अभिव्यक्तिविरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको थियो । विद्यार्थीले नाराजुलुसहित गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाइएको छ ।

निर्मला पन्तको हत्या प्रकरणमा नेता रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।

यसअघि नेता रावलले कांग्रेसीहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरेको बताएका थिए ।

पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै अान्दाेलन चर्काएका थिए ।

मैनाली नेतृत्वको समितिका पदाधिकारीहरू शुक्रबार बिहानै कञ्चनपुर पुगेर अनुसन्धान थालेका छन् । जिल्लास्थित सुरक्षा निकायका अधिकारीहरूकाे परिवर्तन र उच्च स्तरीय छानबिन समितिको गठनपछि अान्दाेलन मथ्थर हुने अपेक्षा गरिएको थियो ।

यद्यपि, शुक्रबार अपरान्ह प्रहरीले गोली नै चलाउनु पर्ने स्थिति सिर्जना भयो ।

You can share this post!