खानेपानी समस्या

१६ पुस ः हिउँदयामको शुरुआत भएसँगै जिल्लाका विभिन्न विद्यालयमा खानेपानी अभाव हुन थालेको छ । सुर्नया गाउँपालिका–४ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालय फाटीगडामा खानेपानी नहुँदा त्यहाँका विद्यार्थी र शिक्षकले समस्या व्यहोर्नु परेको प्रधानाध्यापक गङ्गादत्त भट्टले बताउनुभयो । 

करीब ४५० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा पानीको अभावले शौचालय पनि बन्द गर्नुपरेको उहाँको गुनासो थियो । पानी खानका लागि पनि वडा कार्यालय र स्थानीय व्यापारी कहाँ जानुपर्ने भएकाले पढाइमा बाधा हुने गरेको कक्षा १० मा अध्ययनरत छात्रा लीलावती भाटले बताउनुभयोे । 
उक्त विद्यालयमा पहिले केयर नेपाल संस्थाले पानीट्याङ्की र धाराको व्यवस्था गरेकामो त्यो बिग्रेपछि करीब आठ वर्षयता पानीको अभाव हुँदै आएको छ । –
रासस

You can share this post!