आन्दोलित विमानस्थलका सफाइ कर्मचारी काममा

फागुन २२, काठमाडौं  : समयमै तलब नपाएकाले त्रिभुवन विमानस्थलका सफाइ कर्मचारीले आन्दोलन  गर्दै बुधबार विहान एक घण्टा काम रोकेका थिए । आन्दोलन थालेका सफाइ कर्मचारी फेरि काममा फर्किएका छन ।

पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्डमा पुगेको इनाोभेटिभलाई रकम निकासा दिने प्रस्ताव अलपत्र परेको छ । यसैका कारण कम्पनीले कामदारलाई पारिश्रमिक दिन सकेको छैन ।

विमानस्थलको सफाइको जिम्मा लिएको कम्पनी इनोभेटिभ सोलुसनलाई सरकाले दिनुपर्ने रकम तत्कालै उपलब्ध गराउने सहमति भएपछि उनीहरु काममा फर्किएका हुन् ।

You can share this post!