अब २४ घण्टामै लार्इसेन्स, धेरै बेर कुर्नुनपर्ने

चैत्र १२ काठमाडाैं : सवारि साधन सञ्चालनको लागि आबश्यक पर्ने सवारि चालक अनुमति पत्र अब ट्रायल पास भएको २४ घण्टाभित्रै लिन सक्ने ब्यबस्था गरेको छ ।

विगतमा यस्ता सेवा ८ देखि १० दिनमा उपलब्ध गराउने भएकोमा ग्राहक बाट आएको गुनासो आएको कारण  अहिले यस्ते निती ल्याएको हो ।

बिषेस गरि ‘नेपालबाट विदेश जाने, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट मिसनमा जाने तथा अन्यको हकमा अत्यावश्यक भनी कार्यालयबाट लेखि आएको पत्रको आधारमा छिटो स्मार्ट कार्ड प्रिन्ट गरी पाउँ’ भनी निवेदन माग भइ आएमा निवेदक दाताको स्मार्ट कार्ड निवेदन दिएको भोलि पल्टनै प्रिन्ट गरी वितरण गरिदिने विभागले सूचना जारीजनाएको छ।

You can share this post!