अझै हिमपात र झरी , सडक हिलाम्मे

फागुन २१ : हिउंदे बर्षाका कारण अबरूद्द् हुने सडक बर्षा याममा के हुन्छ त त्याहांके हालत। हिउंदमा लगातारको झरी र हिमपातले डोटीका ग्रामीण सडक हिलाम्मे भएका छन् । 

सवारी साधन राम्ररी चल्न पाएका छैनन्। सवारीसाधन सहज रूपमा चल्न नसक्दा यात्रु सास्ती खेप्न बाध्य छन् । गाडि नै सडकमा अडिने र यात्रुहरूले डोरी बाँधेर गाडी निकाल्नुपर्ने अवस्था आएको छ ।

राजपुर–रानागाउँ–वायल सडक, राजपुर–फलेडी–जमलकट्टे सडक, दिपायल–वासुदेवी–देउरडी सडक र एयरपोर्ट–तिखा–मौवा सडक हिलाम्मे हुँदा सवारीसाधन अलपत्र परेका छन् । लगातारको वर्षाले साबिकको क्षेत्रीय सदरमुकाम दिपायलको बसपार्क पनि हिलाम्मे छ । जिल्लाका लेकाली भेगमा अझै हिमपात र झरी जारी छ ।

You can share this post!