Top Stories
  1. गिनिज रेकर्ड बनाउने प्रयासमा बाईक राईडर!
  2. युक्रेनका हाँस्यकलाकार जेलेन्सकी बने राष्ट्रपति
  3. अबको मिसन विकास र समृद्धि: मुख्यमन्त्री शाही
  4. Itel को गैरजिम्मेवार कार्य
  5. अपर नौगाड जलविद्युत् उत्पादनको अन्तिम तयारीमा, अपर चमेलिया निर्माण शुरु
  6. एनसेललाई ३९ अर्ब ६ करोड कर तिर्न सात दिनको समय
  7. बबई किनारबाट पसेको टीबीएम सुरुङ छेड्दै निस्कियो भेरी किनारमा
  8. नयाँ बर्षको शुभकामना!
  9. लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, २ को मृत्यु
  10. प्रधानमन्त्रीको देशवासीलाई सम्बोधन, ‘जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गा फिर्ता हुन्छन्’
  11. ‘सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम’
  12. नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ता १ करोड ८८ लाख, भ्वाइस सेवा सस्तोदेखि निःशुल्कसम्म
  13. अछाम जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना!
  14. एस ई ई परिक्षा चैत्रमै हुने तयारि , फेरि थपियो सरकारको खर्च
  15. एसईईको विज्ञान विषयको परीक्षा फेरि हुने
  16. काठमाडौंमा ब्रुमरको प्रयोग गरि धुलो संकलन
  17. वैदेशिक लगानी प्रवर्द्धन अन्तिम चरणमा
  18. भाइरल ज्वरोको सङ्क्रमण बढ्दो
  19. काठमा०डौ लगायत देशका अधिकांश स्थानमा बर्षा, तिन दिन सम्म पानि पर्ने सम्भावना
  20. नेपाली कामदारका लागि पारिश्रमिक जापानी नागरिकको भन्दा कम नहुने
  21. अब २४ घण्टामै लार्इसेन्स, धेरै बेर कुर्नुनपर्ने
  22. हुम्लामा लगातार हिमपात , जनजिबन कषटकर
  23. कोरियन मोडलमै नेपाली कामदार अब जापानमा
  24. खाडिमुलुकको बैकल्पिक गन्तब्य अब जापान
  25. १७ वटा बैंक तथा वित्तीय संस्था मर्जर र एक्वीजीसनको प्रक्रियामा
  26. एसइई परीक्षा आजदेखि सुरू, प्रदेश सरकारबाटै परिक्षा ब्यबस्थापन
  27. नेपाली कामदार जापानमा , अप्रिल १ देखि
  28. घरमै बसीबसी ईपीएस आवेदन फारम भर्न मिल्ने
  29. बिराटनगरमा हुने खेलको पूर्वसन्ध्यामा प्रदेश सरकारले नगद पुरस्कारको घोषणा
  30. पेट्राेलियम बाेकेकाे ट्यांकर, फलफूल र तरकारीमा रोकावट
  31. जनताको जलविद्युत‌्मा सेयर खरीद सुरु, प्रधानमन्त्रीको पहिलाे आवेदन
  32. होलीको अन्तिम दिन , आज तरार्इमा होली मनार्इदै
  33. कर्णाली पुल जोखिममा, थप एउटा पिल्लर बनाउन आवश्यक बजेटको माग
  34. बुधबार पर्ने होलिको बिषेस तयारिसहित सुरक्षा कडार्इ
  35. सुदुरपश्मिमा भुकम्पको धक्का महसुस
  36. माेजाम्बिकमा समुद्री आँधी, मोजाम्बिक लगायत अन्य क्षेत्र समेत प्रभावित,मृत्यु हुनेकाे सङख्य एक हजार भन्दा धेरै
  37. हाईस दुर्घटनामा १काे मृत्युु ११ जना घाइते
  38. बर्ड फ्लुको बढ्दो सँक्रमण
  39. नविकरण नगर्ने प्याराग्लाइडिङ कम्पनी बन्द
  40. काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा भुकम्पको धक्का महसुस
  41. लायनस क्लब अफ काठमाडौं लर्ड बुद्धको सम्झन लायक र प्रशंसनीय योगदानको चर्चा
  42. बैकं तथा वित्तिय संस्थाहरूको निक्षेपमा बृदि
  43. चालु आर्थिक वर्ष ७ महिनाको शेयर बजार, कति गुमायत लगानिकर्ताले
  44. विप्लवकाे प्रभावले जनजिवन प्रभावित
  45. धनगढीमा अन्तर प्रदेश मुख्यमन्त्री कप खेलकुद सुरु , सातै प्रदेशबाट सहभागि
  46. अबैध सुन कारोबार , दुईजना पक्राउ
  47. इथियोपियन एयरलाइन्स दुर्घटनामा ज्यान गुमाउने नेपाली को परिचय
  48. उच्च शिक्षाका लागि बिदेशिने विदयार्थिको सङख्या धेरै
  49. घटनाको विरोध गर्दै, म्यानपावर कम्पनिहरु बन्द
  50. सि डिभिजन फुटबलमा मनोहरा क्लबको बिजयी शुरुवात!
  51. फेसबुक मेसेन्जरमा ‘डार्क मोड’ फिचर ,कसरि एक्टिभेट गर्ने
  52. मरिष्का पोख्रेलको नांया भिडियो सार्बजनिक
  53. अन्तरराष्ट्रिय महिला दिवस, विभिन्न नारा जुलुस गरि मनाउदै
  54. आन्दोलनरत शिक्षक र सरकारबीच सहमति
  55. टीकापुर घटनामा सांसद रेशमलाल चौधरीलार्इ जन्मकैद
  56. आन्दोलित विमानस्थलका सफाइ कर्मचारी काममा
  57. अझै हिमपात र झरी , सडक हिलाम्मे
  58. तीन महिना प्रि-मनसुन , देशका पहाडी क्षेत्रको मौसम प्रभावित
  59. बझाङमा एक महिना देखि हिमपात
  60. पर्यटनमन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा
  61. पाकिस्तानी भूमिमा बम
  62. हिउँदे फलफूलका विरुवा विक्री , ३ लाख सम्मको कमाई
  63. डोटीमा आयमुलक तालिम
  64. मौसम बद्ली , पानी पर्ने सम्भावना
  65. बाल संरक्षण नीति, रणनीति र निर्देशिका बनाइँदै
  66. फ्रान्समा मौसमी फ्लू भाइरस, २००० भन्दा धेरैको मुत्यु
  67. आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गरिने
  68. विष खुवाएर नातिनीलाई मारेको आरोपमा हजुरबा हजुरआमा पक्राउ
  69. सुदूरपश्चिमको संसदमा प्रधानमन्त्री
  70. कैलालीमा पुरैना तालको आकर्षण बढ्दै
  71. स्वस्थानी व्रतकथा आज सम्पन्न गरिँदै
  72. सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन
  73. शनिवार सम्म वर्षाको सम्भावना
  74. डोटीका गाउँमा डोजर भित्रिएपछि मजदुर विस्थापित
  75. १८ किलो सुन बरामद
  76. जलविद्युत क्षेत्रमा शेयर लगानी बढ्दै
  77. अष्ट्रेलियामा नर्सिङ पढ्ने सयौं नेपाली विदयार्थि अन्यौलमा
  78. सबैभन्दा कम स्प्रडदर भित्र सिभिल बैंक
  79. सवारीको ठक्करबाट २ विद्यार्थी घाइते, बीपी राजमार्ग अबरुद्ध
  80. क्रिकेट मैदानमा आज धनगढीको तेस्रो खेल
  81. तल्लो अरुण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव
  82. धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै
  83. मासिँदै कैलालीको वन क्षेत्र
  84. ‘सरकार खेत बाँझो राख्न नदिने भन्छ, गाउँमा कामदार पाइदैन’
  85. मनाईयो बसन्त पञ्चमी
  86. जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी
  87. शैक्षिक हड्तालले देशरभरका विद्यालयको पढाइ प्रभावित
  88. पानि संगसंगै हिमपात
  89. ईमिग्रेसनबाट किन गरियो विदयार्थिलाई रोक
  90. श्रम स्वीकृति बन्यो बिबादको बिषय
  91. सरकारविरुद्ध सडक रयाली
  92. सोनाम ल्होसार मनाउदै आज तामाङ जातिहरु
  93. आजदेखि सहसचिवको समायोजन
  94. सुदूरपश्चिममा क्रिकेटको ‘क्रेज’ बढ्दो
  95. सावरीसाधनका चालकलाई कारवाही
  96. कर्जा लिदा सबभन्दा कम आधार ब्याजदर भएका बैकंहरु बाट
  97. विना लाइसेन्स सवारी चलाउनेलाई कारवाही
  98. टी–२० अन्तर्राष्ट्रिय क्रिकेट को आज अन्तिम खेल
  99. उनि-रिसाएकी-छिन्
  100. विभिन्न कार्यक्रमहरु गरि सहिद दिबस मनाईदै
  101. अनिश्चितकालिन बन्द घोषणा , जनजिबन प्रभावित
  102. रेष्टुरेन्ट तथा बारहरुको सेवा शुल्क हट्यो !
  103. सडक आन्दोलनमा उत्रियो ने. बि. संघ!
  104. “तराजुमा प्रेम” बजारमा
  105. हिमपातले अवरुद्ध सडक सञ्चालनमा
  106. सडक आन्दोलनमा ने बि संघका विदयार्थिसहित
  107. सुदुरपश्चिम प्रदेशबाट श्रम स्विकृति
  108. किताबी ज्ञान मात्रै पाएका विद्यार्थिलाई कम्प्युटर शिक्षा
  109. उखु बेच्न नपाउदा उखु किसानलाई सास्ती
  110. कहिले सम्म आंउछ त मेलम्ची खानेपानी
  111. सेयर ब्रोकर कार्यालयहरुमा अझै भिड
  112. काठ्माण्डौ उपत्यका सहित देशभर पानि
  113. इन्डोनेशिया कट्टरपन्थी अबू बकर बोससिइरको रिलीजको समीक्षा
  114. गएरातिदेखि हिमपात सुरु , जनजिबन कष्टकर
  115. स्थानीय तहमा बैंक नहुँदा स्थानियलाई सास्ती
  116. ४ वटै नगरपालिकामा एम्बुलेन्स सेवा
  117. दिनहु खाना पकाउन प्रयोग गरिने सिलिन्डरमा खतरा
  118. डलर साट्नका लागि अब प्यान नम्वर अनिवार्य
  119. हिजो देखि सुरु श्रि स्वस्थानी ब्रत सुरु
  120. छाउगोठको तथ्याङ्क सङ्कलन गरिँदै
  121. सन्त निरंकारी मण्डलद्धारा निशुल्क आंखा शिविर सम्पन्न
  122. आगलगीबाट अठार लाख क्षति
  123. स्थानीय तहमै रोजगार सेवा केन्द्र
  124. बढ्दै गयो सहुलियत व्याजमा ऋण लिनेको सङ्ख्या
  125. सवारीसाधनको प्रदूषण परीक्षण
  126. नांया शिशु स्याहार केन्द्र स्थापना
  127. कुकुरलाई रेविजविरुद्ध खोप
  128. तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार
  129. आजको शेयर बजार ओरालेमा
  130. बर्षा हुन सक्ने सम्भावना
  131. बेलायती प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव विफल
  132. खप्तड आउने पर्यटक वृद्धि
  133. शेयर बजार ः सात विन्दुले घट्यो
  134. दिउँसोमा समेत मापसे जाँच
  135. डोटीमा आगलागी, तीन पसल जलेर नष्ट
  136. कठमाण्डौमा पनि मनाईयो माघे संक्रान्ति
  137. केन्द्रीय कारागारभित्र अस्पताल सञ्चालन
  138. आज दोहरो अङ्कलले बृद्धि शेयर बजार
  139. हुम्लामा खानेपानिको समस्या बढ्दै
  140. कुर्दमाथि आक्रमण नगर्न टर्कीमाथि अमेरिकाको चेतावनी
  141. नेप्सेको कारोबार लापरबाही !
  142. सस्तो पाइने भन्दै उपभोक्ताको भीड रुपैडिहामा
  143. साताको शुरु दिन शेयर बजार घट्यो
  144. सुदुरपश्मि थारू बस्तीमा माघीको चहलपहल
  145. प्रौढहरूमा संस्कृतप्रति आकर्षण बढ्दै
  146. सिरियाली कुर्दिस समूहसँगै टर्कीको सुरक्षा व्यवस्था मिलाइनेछ ः पोम्पेओ
  147. लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा
  148. मनाईयो राष्ट्रिय एकता दिबस तथा पृथ्बिनारायण जन्मजयन्ति
  149. मानव बेचबिखनको समस्या
  150. पर्यटकीय क्षेत्रमा पूर्वाधार को कमि
  151. सहकारीमा तीन खर्ब दुई अर्ब बचत
  152. विद्युत् चुहावट गर्ने २४ जना पक्राउ
  153. मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ
  154. अमेरिकी उपमहान्यायाधिवक्ताको पनि राजिनामा
  155. शेयर बजारमा सामान्य अङकले बृद्धि
  156. कृषि अनुदान सरकारले पुनःमूल्याङ्कन गर्ने
  157. निर्धारण गरेको मूल्यमा उखु खरीद
  158. प्रधानमन्त्री संग जापानी विदेश मन्त्री को भेट
  159. डडेल्धुराका किसान किबी खेतीतर्फ आकर्षण
  160. अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा मानवीय सङ्कट बढ्यो – राष्ट्रपति ट्रम्प
  161. जथाभावी पार्किङ गर्ने सवारी साधनमा ‘ह्वील लक’
  162. सडक पेटिमा भएको बृद्धाहरुको उद्धार
  163. सबै स्थानीय तहमा बैंकिङ सेवा
  164. हिमपातसंगै जनजिवन कष्टकर
  165. शेयर बजार सामान्य अङकले घट्यो
  166. औषधिकै रूपमा बालीनाली विषादीको प्रयोग
  167. आफुले गर्ने ब्यबसाय धितो राखि ऋण लिन मिल्ने
  168. उत्तर कोरियाली नेता किम चीन भ्रमणमा
  169. सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण
  170. छोरी जन्मिदा प्रोत्साहन स्वरुप भत्ता कार्यक्रम
  171. प्राविधिक सहायकको भरमा वडा कार्यालय
  172. कूटनीतिक मर्यादाभित्र रहेर भेटघाट हुनुपर्छ ः परराष्ट्रमन्त्री
  173. हिमपातका कारण विद्युत् सेवा अवरुद्ध
  174. आरबिआई बाट अनुमति पाए प्रतिबन्धित नोट पुन सञ्चालनमा
  175. फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा
  176. वाग्मती मुहानबाटै फोहर नगर्न जनजागरण अभियान
  177. रूसको ग्यास विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो
  178. कर्णालीका कर्मचारीलाई प्रोत्साहन गर्न रु ७० लाख
  179. जुनारको कीरा नियन्त्रणका लागि ‘प्रोटिन हाइड्रोलाइसेट’ अभाव
  180. अनलाइन सेवा विस्तार
  181. शेयर बजारको घट्ने क्रम जारि
  182. बैंकलाई ब्रोकर लाइसेन्स
  183. सिरियाली विद्रोहीबीचको झडपमा मृत्यु हुनेको संख्या ५० जना पुग्यो
  184. शुल्क वृद्धिको विरोध
  185. जापान पठाउने काम सरकारी संयन्त्रमार्फत हुन सक्ने
  186. मकै आयातमा बृद्धि
  187. रोजगारिको नाममा ठगी
  188. सरकारी मुद्दा प्रभावकारी बनाउन वकिललाई तालीम
  189. आज पनि ओरालोमै शेयर बजार
  190. मुस्ताङमा पर्यटक बढे
  191. चीनसँग ताइवानको पुनःएकीकरण अपरिहार्यः राष्ट्रपति सी जिनपिङ
  192. नवनियुक्त प्रधानन्यायाधीश राणालाई शपथ
  193. अब साढे ३ प्रतिशत व्याजमै ऋण
  194. नियम बिपरित चालकको सवारी अनुमतिपत्र खारेज
  195. आज पाँचओटा कम्पनीको शेयर मूल्य समायोजन
  196. शेयर बजार पुन ः ओरालोमा
  197. चन्द्रागिरि हिल्सले साधारण शेयर बिक्री गर्ने
  198. चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
  199. कुन बैकंको लाभांस कति
  200. मनाइयो टोपी दिवस
  201. नांया बर्ष २०१९ संगसंगै पर्यटकले भरिभराउ भए होटेलहरु
  202. शेयर कारोबार ओरालोमा
  203. चार कम्पनीको शेयर मूल्य समायोजन
  204. फिलिपिन्समा आँधीबाट २२ जनाको मृत्यु
  205. खानेपानी समस्या
  206. अनलाईन कारोबार पुर्ण रुपमा अझै लागु हुन सकेन
  207. अन्तर्राष्ट्रिय विमानस्थल पुनः कालोपत्र गरिँदै
  208. ‘सन् २०१८’ पर्यटनको ऐतिहासिक वर्ष
  209. शेयर बजार दोहोरो अङ्कले घट्यो
  210. ‘ए’ डिभिजन लिग : बाह्राँै चरणका खेल सोमबारदेखि
  211. ६ महिनाभित्र २१ गैंडाको प्राकृतिक कारणले मृत्यु
  212. तमु ल्होसारको चहलपहल
  213. स्थानीय तहसँग सहकार्य
  214. भारतमा बन्धक बनाइएका नौ महिलाको उद्धार
  215. राष्ट्रिय वा प्रादेशिकमा प्राथमिकता
  216. विद्रोहीले युद्धबिराम उल्लङ्घन गरेको म्यान्मार सेनाको दाबी
  217. गाउँपालिकाले बाल उद्यान निर्माण गर्ने
  218. जलवायु परिवर्तनको प्रभाब
  219. सुदुरपश्मि तराईमा माघि मेला आयोजना
  220. द्वन्द्वपीडितलाई पुनःस्थापना गर्छौँ ः मुख्यमन्त्री
  221. एक महीनामा पाँच हेलिप्याड निर्माण
  222. दोस्रो नेपाल आइडल रविकी आमाको मृत्यु
  223. उदयपुरमा बिध्यार्थीलाई पोसाक कार्यक्रम सम्पन्न
  224. कर्मचारी समायोजन ऐन २०७५ विवाद, यथाशीघ्र वार्ता र सम्वाद गरी निकास निकाल्न नेपाल सरकार र सम्वद्ध ट्रेड युनियनसँग पेशागत महासंघको आग्रह
  225. महिला हिंसाका घटना नियन्त्रणमा सक्रिय हुन निर्देशन
  226. इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या २८१
  227. अनलाइन कारोबार प्रणाली
  228. शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँद्वार खुल्ने
  229. वीरगञ्जको घण्टाघर तनावग्रस्त
  230. नेपाल आइडल सिजन २ का विजेता
  231. पुस २६ देखि पर्यटन मेला
  232. शेयर बजार वृद्धि
  233. इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या ६२ पुग्यो, कैयौँ व्यक्ति बेपत्ता
  234. छैटौँ ढाकाटोपी दिवस
  235. परम्परागत नेपाली बाजा लोप हुँदै
  236. बालिका भारत लैजान खोज्ने दुई युवा पक्राउ
  237. बिहानै भूकम्पको धक्का महसुस
  238. शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्रको पहिलो जीत
  239. सुदुरपश्मिको चिनारी (लोकदेउडा गित) लोप हुने सम्भावना
  240. भारुमाथि प्रतिबन्ध
  241. वैदेशिक रोजगारीको नयाँ गन्तव्य
  242. ट्रम्पसँगको विवादपछि अमेरिकी रक्षामन्त्री म्याटिसको राजीनामा
  243. ‘ए’ डिभिजन लिग : दंशौ चरणका खेल आजदेखि
  244. फेरि निश्ति ब्याजदरमा बैंकिङ कारोबार सुरु
  245. कोइला बालेर सुत्दा निसास्सिएर छोराको मृत्यु, आमा बेहोस
  246. ब्याजदरमा पुनः सीमा तोक्ने तयारी
  247. विद्यार्थी खुला चौरमा पढ्न बाध्य
  248. सुन्तला बारीको परिक्षणमा कृषिमन्त्री
  249. फाउण्डेशन बन्द गर्ने राष्ट्रपति ट्रम्प सहमत ’
  250. कुमकुम हर्बल कम्पनि उद्धघाटन कार्य सम्पन्न
  251. दोलखामा निशुल्क स्वास्थ्य शिविर (बृहत मेगाा हेल्थ क्याम्प) सम्पन्न
  252. विश्व बैंकले २१ वटा नगरपालिकामा १६ अर्ब लगानी
  253. टेलिफोन नहुँदा स्थिानियहरुलाई सास्ती
  254. नेपाल–अमेरिका सम्बन्धमा नयाँ आयाम
  255. मोबाइल सेवा अवरुद्ध ,सेवाबाट बञ्चित स्थिानियहरु
  256. आजको शेयर बजारमा ओरालो
  257. प्राकृतिक कारणबाट गैँडा मर्दै
  258. पूर्वप्रधानमन्त्री गिरीको निधनप्रति दुःख व्यक्त
  259. मेक्सिको सीमामा अमेरिकी सैनिक कटौती
  260. दोलखामा “बुहत मेगा हेल्थ क्याम्प “सम्पन्न
  261. उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य
  262. शेयर बजारमा सुधार
  263. सुरक्षित गर्भपतनमा आकर्षण बढ्दै
  264. खटिया–दिपायल सडक राष्ट्रिय राजमार्गमा राख्न माग
  265. सन् २०२२ मा बीस लाख पर्यटक भित्रिने निश्चित 
  266. हुलाकी राजमार्ग सडक आजबाट कालोपत्रे
  267. सामुद्रिक चक्रवातले बदली : देशभर चिसो बढ्यो
  268. भारतबाट गैँडा ल्याइयो
  269. परराष्ट्रमन्त्री अमेरिका भ्रमणमा
  270. कोलकातामा नेपाल भवन बनाउन सरकारसँग आग्रह
  271. इतिहासकै सबैभन्दा बढी पर्यटक
  272. अमेरिकी आन्तरिक सुरक्षा मन्त्री जिन्केद्वारा राजीनामा
  273. व्यावसायिक मौरीपालनतर्फ आकर्षण
  274. करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
  275. लगानीयोग्य रकमको अभाव
  276. बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध
  277. आधुनिक कृषि बजारलाई जग्गा माग
  278. चौतारी लघुवित्तको आई पि ओ बाँडफाँट
  279. नेपालका बैंकहरु असुरक्षित महसुस
  280. स्मार्ट सिटी बन्दै अमरगढी
  281. व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्न चीन उत्सुक
  282. सुदूरपश्चिम पहाडमा हिमपातले जनजीवन प्रभावित
  283. समाचार पढेर  विद्यालयलाई सहयोग
  284. निःशुल्क स्वास्थ्य शिविर
  285. सहकारीबाट कर्जा लिई एक हजार बढी स्वरोजगार
  286. शेयर बजारमा केही सुधारको सङ्केत
  287. समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही
  288. भारतीय राष्ट्रपति म्यान्मारमा, दुई देशको सम्बन्ध थप सुमधुर
  289. स्ट्रासबर्ग को शूटिंग : गानमैन तीन को मृत्यु
  290. व्यवसायीले दिए  गभर्नरलाई सुझाव
  291. अवैध रूपमा बाघको छाला ओसारपसार
  292. शेयर बजारमा ह्रास
  293. खेतीयोग्य जमीन बाँझै
  294. अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रलाई रु तीन लाख सहयोग
  295. शेयर बजार मा दोहोरो अङ्कले वृद्धि
  296. स्क्रीनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव
  297. जोशी हाइड्रोको आइपीओ मंगलबार बिहान
  298. एक किलो नुनको रु ७०
  299. विद्यार्थीलाई स्विटर वितरण
  300. उदयपुरमा लाईन्स क्लब अफ लर्ड बुद्ध काठमाण्डौको सहयोग
  301. रारा तालमा साइकल मार्ग
  302. मिस वर्ल्ड मनाशी चाहिलर
  303. दुर्गम गाउँमै नागरिकता प्रदान
  304. दोहा बैंक को सम्पर्क कार्यालय अब नेपालमा
  305. पञ्चवर्षीय आवधिक योजना तर्जुमा
  306. शिबपुरीधाममा गौशाला!
  307. अनलाइन कारोबार मा सुधार
  308. सेञ्चुरी कमर्सियल बैंक को नांया योजना सञ्चालन
  309. डोटीमा दुई विदेशी नागरिक पक्राउ
  310. सुुन्तलाको दाउराले हात सेकाउदै कृष्कहरु
  311. राजस्थान विधानसभाका लागि मतदान शुरु
  312. चितवनमा ४३ करोडको तटबन्धन
  313. थामियो शेयर बजार
  314. हुआवेई फाइनान्स प्रमुख मुङ वानजाउ क्यानाडामा पक्राउ
  315. महानगरका विद्यालयका विद्यार्थीको एउटै पोशाक राखिने
  316. सामान्य घरबाट नै होनाहार गायक
  317. बैंकहरुले ब्याजदर बढाउदै
  318. मेडिकल र किराना पसलमा आगलागी
  319. काठमाडौँ भ्यु टावरको निर्माण गति
  320. चीन–अमेरिकाबीच भएका सहमति कार्यान्वयन गर्न चीन तयार छ – बाणिज्य मन्त्रालय
  321. “विचयन विच-हंट”, एलेन्स रबर्ट वाड्रा, ल्यान्ड प्रकरण समटनमा
  322. पश्चिमी वायुको प्रभावले चिसो बढ्यो
  323. सुदुरपश्मिमा ज्योति विकास बैंकको नांया शाखा सञ्चालन
  324. चाहेजति व्याजमा व्यक्तिगत मुद्धति निक्षेप राख्न सकिने
  325. राजधानीको उत्तरपूर्वी भेगमा खानेपानी नदिए मेलम्चीको पानी वाग्मतीमा
  326. शिक्षण पेशासँगै पानिपुरि ब्यबसाय
  327. शेयर बजार बढ्यो
  328. भारतमा एसीको बजार फस्टायो, पृथ्वीको तापमानसँग के को चिन्ता ?
  329. ब्यबसाय प्रर्वद्धन को लागि सम्झौता
  330. सर्वसाधारणको लागि आईपिओ
  331. कुखुराका दाना जिल्लामै उत्पादन
  332. सलोन र नरेनसँग माया बस्यो कश्मिराको
  333. प्रदेशस्तरमा समेत अब ब्रोकर लाइसेन्स
  334. लघुवित्त संचालनका लागि  लघुवित्तकर्मीहरुको माग
  335. धान उत्पादनमा वृद्धि
  336. तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द
  337. काठ्माण्डौमा चिसो बढ्दै 
  338. कोदो फलाए पुरस्कार दिइने
  339. शेयर बजारमा दोहोरो अङ्कले गिरावट
  340. स्वदेशतिर फिर्ता आङ सान सू की
  341. कसको जिबि स्कोर कति
  342. अमेरिका र चीन नयाँ व्यापारिक शुल्क निलम्बन गर्न सहमत
  343. पहिलो पटक व्यापार सम्झौता
  344. वित्तिय क्षेत्रमा अंझै विकासको सम्भावना
  345. गेटा मेडिकल कलेज निर्माणमा तीव्रता
  346. हटाईयो जोर विजोर प्रणाली
  347. राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता
  348. सवारी साधनमा जोर–बिजोर प्रणाली लागु
  349. २४ दिन जनश्रमदान अनिवार्य
  350. सबैलाई उछिन्दै शृङखला
  351. बस दुर्घटनामा दर्जनौ घाईते
  352. नयाँ प्रविधिसँगै किसान मकैखेतीतर्फ आकर्षित
  353. आगलागीबाट ३० घर नष्ट
  354. बाढीपीडितलाई घर हस्तान्तरण
  355. नगरको सार्वजनिक सुनुवाइ ः ५३१ योजना सम्पन्न
  356. भिरबाट खसेर महिलाको मृत्यु
  357. सुदुरका सम्भावना
  358. जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री हुने
  359. मेलापर्वसंगै बस दुर्घटना
  360. ज्यान गुमाएका १८ जनाको सनाखत
  361. बस दुर्घटनामा एकको मृत्यु अठार घाइते
  362. बाँकेमा सडक दुर्घटना बढ्दो
  363. राष्ट्र वहस (२०७५) सम्पन्न।
  364. मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदै
  365. पत्रकार सिद्दीकीको निधन
  366. बर्दियामा गाडिको ठक्करबाट मृत्यू
  367. सिक्टा सिँचाइ आयोजना सञ्चालन गर्न निर्देशन
  368. ७ नम्बर प्रदेश बाट उमा वादी उत्प्रेरणादायी ब्यक्ति बन्न सफल
  369.  गर्भपतन
  370. युवा प्रशिक्षण कार्यक्रम सम्पन्न
  371. राष्ट्रिय परिचयपत्र वितरण
  372. ‘ए’ डिभिजन लिग फुटबल
  373. देशभरका नारायण मन्दिरमा भक्तजनको भीड
  374. बैंकिङ कसुर
  375. आँधीका कारण भारतमा ३३ जनाको मृत्यु
  376. शिक्षक पेशा छाडेर तरकारीखेती
  377. निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट
  378. स्वास्थ्य पर्यटनमा विकास हुँदै तातोपानी कुण्ड
  379. स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि
  380. प्राविधिक शिक्षाको आकर्षण
  381. सुर्खेतमा मौसमी राडार
  382. सडक अवरोध
  383. जीप दुर्घटनामा चालकको मृत्यु
  384. ज्येष्ठ नागरिकको लागि बढ्दो सुरक्षा
  385. त्रिपुरासुन्दरी मन्दिरमा मेला
  386. मेगा बैंकको खुद मुनाफा रु ४० करोड
  387. सरसफाईमा राष्ट्रसेवकसंग सहकार्य गर्दै लाईन्स क्लब अफ काठमाडौं लर्डबुद्द!
  388. मुक्तकमैया बस्तीमा घरवास कार्यक्रम
  389. कर्णाली समृद्धिका लागि सहकारी अभियानमा जोड
  390. सुनसान गांउबस्ति
  391. नेपालगञ्ज विमानस्थल विस्तारका लागि पहल
  392.       १३४ औं जन्मजयन्ति
  393. सुदूरपहाडमा जात्राको रौनक
  394. घर भत्काएर स्थानीयले नै सडक फराकिलो बनाए
  395. बन्दा ताल पर्यटकीय गन्तव्य बन्दै
  396. बाँकेमा बालश्रम
  397. भाईटिकाको साईत बिहान ११ बजेर ५५ मिनेटमा!
  398. देउसी भैलोबाट स्वास्थ्य शिबिरलाई सहयोग!
  399. कुकुर तिहार (नरक चतुर्दशी)
  400. मङ्गलबारदेखि शेयर बजार अनलाइन प्रणालीमा
  401. सडकपेटिमै बत्ति बेच्नेहरुको भिड
  402. बेलायतको भिसा भिएफएसले च्यात्यो, पर्यटनमन्त्री अधिकारीको भ्रमण रद्द
  403. दोब्बरले बढ्यो बैंक तथा वित्तीय संस्थामा महिलाको खाता
  404. सरकारी जागिर
  405. पाँच वर्षमा राजधानीका चार कुनामा सुविधायुक्त शहर
  406. नयाँ पर्यटकीय स्थानहरुको पहिचान
  407. लाभांस स्विकृती पाउने पहिलो बाणिज्य बैक
  408. मेलापर्ब र संस्कृती!
  409. विजया दशमीकाे शुभकामना ।।।
  410. अहिलेसम्मकै अत्याधुनिक ट्राफिक भवन सातदोबाटोमा!
  411. टिकापुरमा कालिका देवी मन्दिरको उद्घाटन !
  412. चाडपर्व नजिकिएसंगै यात्रुको चहलपहल !
  413. प्रदेश राजधानिको नाममा वनजङ्गलको बिनास
  414. गुल्मीमा निःशुल्स्वाक स्वास्थ्य शिविर सम्पन्न !
  415. सूदुरपश्चिम समाजको अध्यक्षमा साउद!
  416. प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सव सम्पन्न
  417. अन्तर्राष्ट्रिय बिश्वविद्यालय खेलकूद महासंघ को FISU Day 20 September मा
  418. फुटसलको उपाधी सूचना तथा प्रसारण विभागको टोलिलाई
  419. अष्ट्रेलियन एजुकेशन फेयर २०१८
  420. लगानीको सुरक्षा सरकारले लिन्छ ः मन्त्री महासेठ
  421. THE FUTURE BAG अभियान लाई RBC ले गर्यो सहयोग !!!!
  422. एलजी सिनेमा सर्कल अवार्डको नतिजा आयो यस्तो : नाजिर र नीता सर्वोत्कृष्ट ।
  423. कागेश्वरीमा कागको मूर्ति ।
  424. रितिका डंगोल बनिन MISS KOLLYWOOD ICON 2018 को बिजेता
  425. निजगढ विमानस्थललाई ‘ग्रिनरी एयरपोर्ट’ बनाइने
  426. प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता
  427. बारेकोटमा खाद्यान्न पठाउन शुरु
  428. बाजुराका सहकारी प्रविधिमैत्री बन्दै
  429. समाजको सेवा को लागि ऐना बन्दै लायन्स क्ल्ब लड बुद्ध काठ्मान्डौ।।।
  430. Minister of State for External Affairs of India address the Ministerial meeting
  431. गाइजात्राको उपलक्षमा बिदेशी भिआइपीहरुको लागि बिषेश कार्यक्रम
  432. महिला हिंसा अन्त्यको माग गर्दैै विद्यार्थीहरुको चितवनमा बृहत र्यालि !!!!!!
  433. गृह मन्त्रालयद्वारा एसपी विष्टलाई निलम्बन गर्न निर्देशन
  434. गोली लागेर महेन्द्रनगरमा १ जना को मुर्त्यु , आन्दोलन अझै उग्र बन्दै गएपछि प्रहरी ब्यापक परिचालन
  435. “पच्चीस रुपैयाँमै अघाउने बाक्लो आलु परौठा को कमाल “!!!!!!!
  436. ” किन लगाए सुरेश तिमल्सिनाले कालो पेटीकाेट “
  437. थप ३ करोड लिटर पानी काठमाडौंमा वितरण हुने
  438. पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन, बलात्कारीलाई फाँसी दिन माग
  439. Lions club of Kathmandu Lord Budhha  द्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न
  440. ” पैदल हिँडेर DSLR CAMERA किन्नेको कथा ” !!!
  441. आज एसियाडको औचारिक सुरुवात , नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्ने
  442.  नेपाल तेस्रो स्थानका लागि भुटानसँग भिड्दै : यू–१५ महिला साफ च्याम्पियनसिप
  443. १६५ वर्षपछि मुलुकी ऐन विस्थापित,मुलुकमा अब संहिता नयाँ कानुन लागू, के-के छन् नयाँ ऐनमा ?
  444. राजनीति भन्दा राम्रो समाजसेवा – एक सुदुर्पस्चिमेली युवा जनक सुनार
  445. युरेशिया रेयुकाई नेपालको रक्तदान कार्यक्रम
  446. बाढीपीडितले राहत पाएनन्, सरकारले पठाएको लाखाै रकम फिर्ता

बर्ष २०७५ मा शेयर बजारमा भएका प्रमुख सुधार र अधुरा कामहरु

वर्ष २०७५ को शुभारम्भमै महालेखा परिक्षकको कार्यालयले धितोपत्र बोर्डको नियमन फितलो रहेको भन्दै सुधार्न निर्देशन दियो। बोर्डको नियमन कमजोर हुँदा बोर्ड मातहतका निकायहरुले समयमै काम नगरेको ठहर महालेखाको थियो।

महालेखा परिक्षकको निर्देशन र बोर्डले आफुले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम र सरकारको नीति तथा निर्देशनमा वर्ष ०७५ मा धितोपत्र बजार सुधारका केही महत्वपूर्ण कामहरु पूरा भए भने कतिपय सुरुवातको चरणमा रहेका छन्। कतिपय कामहरु भने अझै अगाडि बढ्न सकेको छैनन्।

  • नीति तथा कार्यक्रम

नेपाल धितोपत्र बोर्डले गत असार २५ गते पूँजी बजार र कमोडोटिज बजारबारे चालु आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो।

बोर्डले प्रत्यक्ष नियमनकारी निकाय नभएका जलविद्युत,उत्पादन,ब्यापार तथा अन्य क्षेत्रका कम्पनीहरुको नियमनको दायरामा ल्याउने बताएको भएपनि त्यो हुन सकेको छैन।

  • एक नेपाली एक डिम्याट खाता

बोर्डले धितोपत्र बजारको विकास र विस्तारका लागि एक नेपाली एक डिम्याट खाता अभियान सञ्चालन गर्ने घोषणा गरेको भएपनि त्यो पूरा हुन सकेको छैन।

नेपालको जनसंख्या दुई करोड ९५ लाख रहेको छ। सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अहिलेसम्म १४ लाख ८४ हजार २०० वटा मात्र डिम्याट खाता खोलिएका छन् ।

  • संस्थागत सुशासन निर्देशिका लागू

नेपाल धितोपत्र बोर्डले गत साउन १ गतेदेखि देखि ‘सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन निर्देशिका, २०७४ कार्यान्वयनमा ल्याएको हो।

बोर्डले सूचीकृत संगठित संस्थाहरुको काम कारवाहीलाई नियमित एवं व्यवस्थित गरी शेयरधनी लगायत अन्य सम्पूर्ण सरोकारवाला पक्षहरु प्रति सम्बन्धित संस्थालाई उत्तरदायी बनाई धितोपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन ‘सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन निर्देशिका, २०७४ जारी गरेको हो ।

म्युचुअल फण्डहरुले तोकिएका क्षेत्रभन्दा बाहिर गएर लगानी गर्न थालेपछि बोर्डले कडाई केही कडाई गरेको छ। माउ कम्पनी गाभिएपछि मर्चेन्ट बैंकहरु अनिवार्य रुपमा मर्जरमा जानुपर्ने व्यवस्था गरियो।

  • मर्चेन्ट बैंकरको नयाँ लाइसेन्स रोकियो

नेपाल धितोपत्र बोर्डले बजारको आकार अनुसार अहिलेको मर्चेन्ट बैंकरको संख्या पर्याप्त रहेको भन्दै साउन ९ गते बुधबारदेखि मर्चेन्ट बैंकरको दर्ता बन्द गर्यो। यद्यपि उक्त अवधिसम्म निवेदन दिएर प्रकृयामा रहेका कम्पनीलाई भने कानूनी प्रकृया अनुसार सञ्चालन अनुमतिको स्वीकृती दिने बोर्डले जनाएको छ।

बोर्डले हाल रहेको मर्चेन्ट बैंकरको संख्या नै प्रतिस्पर्धात्मक रुपमा व्यवसाय सञ्चालन गर्न प्रयाप्त रहेको र संख्या बढी हुँदा अस्वस्थ प्रतिस्पर्धा बढ्ने भन्दै अर्को व्यवस्था नभएसम्मको लागि निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारको अनुमतिपत्रको लागि नयाँ आवेदन दर्ता स्थगन गरेको हो।

  • म्युचुअल फण्डहरुको नियमनमा कडाई

नेपाल धितोपत्र बोर्डले तोकिएको सीमाभन्दा बढी रकम बैंक निक्षेपमा लगानी गर्ने म्युचुअल फण्डहरुलाई कारबाही गर्यो। तोकिएका क्षेत्रमा लगानी नगरी ब्याजको लोभमा बैंकमा पैसा थुपारेका केही म्युचुअल फण्डका व्यवस्थापकहरुसँग बोर्डले पहिलो चरणमा स्पष्टीकरण समेत सोध्यो ।

  • शेयर सूचीकरणमा नयाँ व्यवस्था

नेपाल धितोपत्र बोर्डले धितोपत्रको सूचीकरण तथा कारोवार प्रक्रियालाई थप व्यवस्थित, प्रविधि तथा वजारमैत्री र समसामयिक वनाउन भन्दै “धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५” साउन देखि कार्यान्वायनमा ल्यायो । धितोपत्र सम्वन्धी ऐन, २०६३ को व्यवस्था वमोजिम वोर्डले यो नियमावली लागू गरेको हो ।

साविकमा धितोपत्रको सार्वजनिक निष्काशन भएको धितोपत्र बाँडफाँड भएको तीस दिन भित्र सूचीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था भएकोमा विवरणपत्र स्वीकृत भएको वढीमा ७ दिनभित्र सूचीकरणका लागि सम्बन्धित धितोपत्र बजारमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको र बाँडफाँड हुनासाथ सूचीकरण भई कारोबार हुन सक्ने व्यवस्था गरिएको छ ।

  • स्थानीय तहले म्युनिसिपल बण्ड मार्फत पूँजी संकलन गर्न सक्ने व्यवस्था

नेपाल धितोपत्र बोर्डले स्थानीय तहले म्युनिसिपल बण्ड मार्फत पूँजी संकलन गर्न सक्ने व्यवस्था गर्यो ।

देश संघीय संरचना गएको र स्थानीय रुपमा विकासका लागि आवश्यक रकम जुटाउन म्युनिसिपल बण्डमार्फत पूँजी संकलन गर्न सकिने व्यवस्था गरेको हो। तर यो व्यवस्था कार्यन्वयनमा आईसकेको छैन ।

  • पूँजी बजारमा कालोधन भित्रन नदिन कडाई

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा कालोधन भित्रिन नदिन सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्वन्धी जोखिम न्युनिकरण सम्बन्धी व्यवस्थालाई थप सुदृढ बनाउन ’सम्पत्ति शुद्धीकरण तथा आतङ्गवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका’ संशोधन गरि लागू गरेको छ । जुन व्यवस्था ०७५ साल वैशाख १ गतेबाट लागू भएको थियो ।

  • सीआस्वा मार्फत सेयर आवेदन र भेरिफिकेशनमा सुधार

यहि वर्ष क्लियरिङ लिमिटेडले सी–आस्वा प्रणाली लागू गरी घरबाटै सेयर भर्न सकिने व्यवस्थाको सुरु गर्याे । सी–आस्वा फागुन १ गतेदेखि लागू भएपछि अनलाइनबाटै सार्वजनिक निष्कासनमा आवेदन दिन सजिलो भएको छ ।

मेरो शेयरमा लग इन गरी घरमै बसेर आइपिओ र एफपीओ तथा हकप्रद शेयरमा आवेदन दिन सकिने भएको छ। यस्तै इलेक्ट्रोनिक डेबिट इन्स्ट्रक्सन स्लीप (इडीआइएस) कार्यान्वयनमा आएको छ।

शेयर बिक्रीपछि राफसाफ गर्ने काम अनलाइन प्रणालीबाटै सुरु भएको छ। यसले दोस्रो बजारमा शेयर कारोबारका लागि झन सहज बनाएको छ। सीआस्वाबाट हुने शेयर आवेदन तत्काल प्रमाणिकरण गरी लगानीकर्ताको बैंक खातामा रहेको रकम सोही बेला रियल टाइममा रोक्का गर्ने संयन्त्रको विकास गरिएको छ।

त्यस्तै मेरो शेयरमै सार्वजनिक निष्काशन गर्ने कम्पनीहरुको विवरण पनि हेर्न सकिने प्रबन्ध मिलाइएको छ ।

  • अनलाइन कारोबार प्रणाली आरम्भ, समस्या यथावत

नेपाल स्टक एक्सचेन्सले लामो प्रतीक्षापछि सेयर कारोबारमा अनलाइन प्रणालीको सुरुवात गर्यो। लगानीकर्ताले अनलाइनको मक ट्रेडिङ्ग हुँदै युजर नेम र पासवर्ड लिएर अनलाइनबाट शेयर खरिद बिक्री गर्ने गरेका छन् ।

गत कात्तिक २० गतेबाट अनलाइन सुरु भएको थियो भने पुस १७ गते देखिे बैंकिङ्ग प्रणालीलाई पनि एकीकृत गरी पूर्ण स्वचालित अनलाइन कारोबार आरभ्भ गरिएको थियो ।

नेपाल स्टक एक्सचेञ्जले ५० वटै सेयर दलाल कार्यालयमा पूर्ण अनलाइन प्रणाली विकास गर्न यसका लागि चाहिने आवश्यक डाटा सेन्टर र जनशक्ति लगायतका अन्य पूर्वाधार तयार गर्न निर्देशन दिएपनि सो हुन सकेको भने छैन। नेप्सेले दिएको निर्देशन अनुसारको पूर्वाधार निमार्ण गर्न एक ब्रोकर कम्पनीले डेढ करोड रुपैयाँसम्म थप लगानी गर्नुपर्ने भएपछि ब्रोकर कम्पनीहरुले विकल्प खोजे ।

नेप्सेले गत कार्तिक २० गतेबाट अनलाईन कारोबार प्रणालीको सुरुवात गरेको थियो। सुरुवातकै दिनदेखि नेप्सेको अनलाइन र वेभसाइटमा समस्या देखियो। त्यो समस्या अझैसम्म पनि पूर्ण रुपमा समाधान हुन सकेको छैन ।

  • नेप्सेको नेतृत्वमा लफडा

सरकारले २०७४ साल भदौ १४ गतेपछि ओली सरकार गठन हुँदासम्मको समयमा आचार संहिता लागू रहेको बखतमा भएका सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गर्यो ।

सो निर्णयपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद बर्खास्तीमा परे भने सरकारले नयाँ प्रमुख कार्यकारी नियुक्त नभएकासम्मका लागि अर्थ मन्त्रालयबाट उपसचिव रमेश अर्याललाई नेप्सेमा पठाउने निणर्य गर्यो।

पछि अदालतको आदेश बमोजिम साउद नेप्सेको प्रमुख कार्यकारीमा पुर्नवहाली भएका हुन् ।

  • लगानीकर्ताको अवरोध र आन्दोलन

अनलाइन कारोबार प्रणालीमा समस्या आउन थालेपछि शेयर बजारमा सक्रिय रहेका चारवटै लगानीकर्ता संघहरुले संयुक्त रुपमा नेप्सेको कार्यालयमा धर्ना दिन थाले।

यसै क्रममा लगानीकर्ताको नयाँ संस्था शेयर बजार लगानीकर्ता दबाब समूहले शेयर बजार सुधार र विस्तारको लागि १४ बुँदे माग राख्दै नेप्सेकोे कार्यालय अगाडी अनशन समेत गर्यो। यसपछि सरकारले पूँजी बजारको बिषयमा अध्ययन गर्न समिति बनायो ।

  • कार्यदलका सुझाव कार्यान्वयनमा

मुद्रा तथा पूँजी बजार सुधारका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको अध्ययन समितिले सुझाव सहितको प्रतिवेदन बुझाएको सुझाव कार्यन्वयनको क्रममा रहेका छन् भने कतिपय अझै कार्यन्वयनमा आउन सकेका छैनन् ।

राष्ट्र बैंकले बजार सुधारका लागि बैंकलाई ब्रोकर लाइसेन्सदेखि ब्याजदरलाई नियन्त्रणमा राख्ने सहितका प्रावधानहरु अघि सारेको थियो । शेयर धितोमा ५० प्रतिशत मात्र कर्जा दिने प्रावधानलाई बढाएर ६५ प्रतिशत पुर्याइयो।

यसैगरी, मार्जिन कलमा राहत, ब्याजदरमा सहजता, वाणिज्य बैंकहरुलाई शेयर दलालको काम गर्नका लागि नयाँ व्यवस्था गर्यो, रिस्क वेटेज १०० प्रतिशत कायम गर्यो। यस्तै मार्जिन कलमा नयाँ मापदण्ड निर्धारण गरियो भने प्राथमिक पूँजीको ४० प्रतिशतसम्म शेयर कर्जा प्रवाह गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गर्यो।

धितोपत्र दलाल व्यवशायीलाई मार्जिन कर्जा कारोबार गर्न इजाजत दिने तथा धितोपत्र व्यवसायीको आचारसंहितालाई प्रभावकारी बनाउने सुझाव कार्यदलको सुझाब कार्यन्वयनमा आयो। यसैबीचमा सर्किट ब्रेकरको विद्यमान व्यवस्थालाई अन्तराष्ट्रिय अभ्यास अनुसार बनाइयो।

धितोपत्र बोर्डले नेप्सेलाई तोकिएको मापदण्ड पूरा गर्ने वाणिज्य बैंकहरुलाई सहायक कम्पनीमार्फत शेयर खरिद बिक्री गर्न पाउने गरी अनुमतिपत्र प्रदान गर्न तथा संघीय संरचना अनुसार काठमाडौं उपत्यका बाहेकका स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमति प्रदान गर्न आवश्यक कार्य अगाडि बढाउन भन्यो । ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढेको छ ।

धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन धितोपत्र दलाल व्यवसायी सम्वन्धी विद्यमान इजाजत र संचालन नीतिमा पुनरावलोकन गर्न, वाणिज्य वैंकको सहायक कम्पनी तथा धितोपत्र दलाल व्यवसायीले अर्को धितोपत्र दलाल व्यवसायीलाई प्राप्ति गर्ने र गाभ्ने/गाभिने, सम्बन्धमा नीतिगत व्यवस्था गर्न धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा गर्नुपर्ने संशोधनको अध्ययन भई मस्यौदा वनाउने क्रममा बोर्ड रहेको छ ।

  • कार्यन्वयनमा आउन नसकेका सुझाव

भित्री सूचनाका आधारमा शेयर बजारमा हुने कारोबारलाई निरुत्साहित गर्न भित्री कारोबार बन्देज नियमावली बनाई कार्यान्वायनमा ल्याउने, नेप्सेमा सूचीकृत वास्तविक क्षेत्रका कम्पनीको अलग्गै नियमनकारी निकायको व्यवस्था गर्ने, केन्द्रिय निक्षेप प्रणालीले तत्काल सेटलमेण्ट ग्यारेन्टी फण्ड स्थापना गर्ने, ऋणपत्र निष्काशनको विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने, नेप्सेमा रहेको राष्ट्र बैंकको शेयर बिक्री गरि नेप्सेको पुनरसंरचना गर्ने, बजारलाई स्थतायित्व दिन तथा कारोबारमा हुने उतार चढावलाई कम गर्न अनि दीर्घकालिन लगानीका रुपमा शेयर धारण गरि बिक्री गर्दा लाग्ने पूँजीगत लाभकरमा सहुलियत दिने, विद्यमान पूँजीगत लाभकर सम्बन्धि व्यवस्थामा पुनरावलोकन गर्ने जस्ता विषयमा पनि प्रगति हुन सकेको छैन।

बजार निर्माताको काममा नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई संस्थागत व्यवस्था गरी बजारमा तत्काल हस्तक्षेप गर्न लगाउने विषयमा भने नागरिक लगानी कोषले केही तदरुकता देखाएको छ। यद्यपी नतिजाउन्मुख काम हुन सकिरहेको छैन।

  • वैकल्पिक लगानीको बाटो खुला

आर्थिक वृद्धिमा टेवा पुर्याउन प्राइभेट इक्विटी फण्ड, भेञ्चर क्यापिटल, क्राउड फण्ड लगायतका उपकरणलाई प्रोत्साहन गर्ने लगायत विषय अगाडि बढेका छन्। खुल्लामुखी सामुहिक लगानी कोष सञ्चालनका लागि अनुमति दिन भनिएकोमा बोर्डमा पुगेको एउटा खुल्लामुखी सामुहिक लगानी कोषका सम्बन्धमा समेत कुनै निर्णय गर्न सकिरहेको छैन।

यसका साथै कारोबार राफसाफ प्रणालीलाई कारोबार प्लस १ दिनमा झार्ने, गैरआवासीय नेपालीलाई लक इन पिरियडका आधारमा बजार प्रवेश गराउने लगायत धेरै बुँदाहरुमा कुनै गहकार्य सुरु नहुँदा कार्यदलले बुझाएको सुझाव विगतमा जसरी थन्किने अवस्था नआउनला भन्न सक्ने अवस्था छैन ।

  • अर्को स्टक एक्सचेञ्ज जन्माउने हल्ला मात्रै

अर्थ मन्त्रालयले नयाँ स्टक एक्सचेञ्ज सञ्चालन गर्ने वा नगर्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्डलाई बजारको अवस्था हेरेर निर्णय गर्नका लागि बाटो खुल्ला गरिदिएको भएपनि यस सन्दर्भमा कुनै औपचारिक निर्णय भएको छैन।

धितोपत्र बोर्डको निर्णय नै अन्तिम निर्णय हुने भएपछि नेप्से सुधारको काम थाँती राखेर धितोपत्र बोर्ड नयाँ स्टक एक्सचेञ्ज ल्याउने हतारोमा लागेपनि कुनै प्रगति हुन सकेन।

  • नयाँ ब्रोकर थप्ने प्रक्रिया

धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई ३२ वटा शेयर दलाल कम्पनीको शाखा कार्यालय स्थापना गर्न सम्भावित क्षेत्रको अध्ययन गर्न निर्देशन दियो। स्थानीय स्तरबाट ब्रोकर थप्ने प्रक्रिया अगाडि बढेको छ । नेप्सेले आवेदन खुलाएर प्रक्रिया अगाडि बढाएको छ।

  • मार्केट डिलरशिप

मार्केट डिलरशिपमा विभिन्न संस्थाहरुलाई प्रवेश गराउनका लागि धितोपत्र बोर्डलाई नेपाल स्टक एक्सचेञ्जले मोडालिटी सहितको प्रतिवेदन बुझाएको छ। नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष, शेयर दलाल व्यवसायीका साथै अन्य संस्थाहरुलाई बजार प्रवेश गराउन अपनाउनु पर्ने विधि र प्राविधिक विषयका बारेमा नेप्सेले बोर्डलाई प्रतिवेदन बुझाएको हो। नेप्सेले धितोपत्र बोर्डलाई बुझएको प्रतिवेदन अनुसार १० करोड रुपैयाँ चुक्ता पूँजी भएका संस्था तथा शेयर दलालहरुले मार्केट डिलरको काम गर्न सक्ने उल्लेख छ ।

  • आधा दर्जन नियमावली संशोधन

नेपाल धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत जारी गरेका करिब आधा दर्जन नियमावली र दुई निर्देशिकाहरु संशोधन गर्ने प्रक्रियामा छ। धितोपत्र बोर्डले ‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४’, ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४’, ‘सामूहिक लगानी कोष नियमावली, २०६७’, ‘क्रेडिट रेटिङ निमायवली, २०६८’ र धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’ लाई संशोधन प्रक्रिया अगाडि बढाएको होे छ ।

यस्तै बोर्डले ‘सामूहिक लगानी कोष निदेशिका, २०६९’ र धितोपत्र निष्काशन तथा बाँडफाँड निदेशिका, २०७४’ पनि संशोधनको प्रक्रिया अगाडि बढाएको हो। बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत जारी गरिएका नियमावली तथा निर्देशनहरुलाई समय सापेक्ष बनाउन लागि समिति गठन गरी संशोधन गर्न लागेको हो।

  • लाभकरको अन्योलता यथावत

सरकारले बजेट मार्फत ७.५ प्रतिशत पुर्याएको पूँजीगत लाभकर बोनस र हकप्रदमा घुमाउरो तवरबाट बढाएपछि शेयर बजारमा हलचल नै ल्यायो।

आन्तरिक राजश्व विभागले आइतबारबाट लगानीकर्तालाई बोनस र हकप्रद सेयरको लागत मूल्य एक सय रुपैयाँ मानेर त्यसभन्दा बढीमा विक्री भएको सेयरमा लाभकर असुल्न नेप्से र सम्बन्धित निकायलाई पत्राचार गरेपश्चात यसले शेयर बजारमा नयाँ तरङ ल्यायो । तत्कालका लागि यो कुरा स्थगित भएपनि अझैसम्म कुनै स्थाई समाधान आएको छैन।

  • नेप्सेको पुनसंरचना भाषणमै सीमित

महालेखा परीक्षकको कार्यालयको ५५ औं प्रतिवेदनले सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एकस्चेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना गरी पुँजी बजारको दायरा र आकार वृद्धि गराउन जरुरी रहेको औल्याएको थियो ।

यसबीचमा विभिन्न निकायले आवाज उठाए पनि यस सन्दर्भमा देखिने गरी कुनै प्रगति भएको छैन। अर्थमन्त्री डा. युवराज खतिवडाले पनि नेपाल स्टक एक्सचेञ्जको संस्थागत तथा पूँजीगत रुपमा पुर्नसंरचना आवश्यक रहेको बताउँदै आएका छन् ।

नेप्सेले सुरुवात गरेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको शुभारम्भको क्रममा पनि अर्थमन्त्री खतिवडाले सो कुरा बताएका थिए ।

  • सूचीकृत कम्पनीहरुको वर्गिकरणमा नयाँ व्यवस्था

नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५” मा गरेको व्यवस्था बमोजिम नेप्सेले सूचीकृत संगठित संस्थाहरुलाई वर्गिकरण गर्यो । ए , बि , जी र जेड समूहमा विभाजन गरिने व्यवस्था रहेपनि पहिलो पटकको वर्गिकरणमा कुनै पनि कम्पनी समूह ए र बि वर्गमा पर्न सकेनन् ।

गत साउन १ गतेदेखि नियमावली लागू गर्दै धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरुलाई ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गर्ने नयाँ व्यवस्था भएको थियो। यसअघि यस्ता संस्थालाई ए र वि गरी दुई समुहमा वर्गिकरण गरिँदै आएको थियो ।

  • प्यानमा सबैको ध्यान, लफडा साम्य

दोस्रो बजारमा हुने अनाधिकृत किसिमका कारोबारलाई निरुत्साहित गर्न भन्दै यस अघि नै अर्थले धितोपत्र बोर्डलाई प्यानका विषयमा अघि बढ्न भनेको थियो ।

सोही आधारमा बोर्डले आगामी वैशाखदेखि एकै पटकमा पाँच लाख रुपैयाँ भन्दा बढीको कारोबारमा प्यान अनिवार्य गर्ने भएको छ। प्यानको बिषयलाई लिएर लामो समयसम्म नियामक र लगानीकर्ता बीच जुहारी नै चल्यो । अहिले यो बिषय साम्य भएको छ ।

  • ब्रोकर मार्फत मार्जिन सेवा

नेपाल स्टक एक्सचेञ्जले मार्जिन कारोबार सेवा सुरु गर्नका लागि शेयर दलाल व्यवसायीहरुसँग आवेदन माग गरि प्रक्रिया अगाडि बढाएको छ। सो अन्तर्गत मार्जिन कारोबार सेवा सुरु गर्न राष्ट्र बैंकबाट एक ब्रोकर कम्पनीले  सैन्दान्तीक स्वीकृती पाइसकेको छ  भने डेड दर्जन ब्रोकर कम्पनीले नेप्सेमा अनुमतिका लागि प्रकृया अगाडि बढाएका छन् ।

मार्जिन कारोबार सुविधा सम्बन्धि कार्य्विधि २०७५ लागू गर्दै नेप्सेले सेवा प्रवाह हुने शेयरको मापदण्ड पनि तोकेको छ ।

  • नेप्सेको सर्किट ब्रेक प्रणालीमा संसोधन

नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणालीको सुरुवात गरेपछि सर्किट ब्रेक प्रणालीमा पनि संसोधन गरेको छ। २०७५ चैत १९ गतेदेखि नयाँ प्रणाली कार्यान्वायनमा आएको हो ।

नयाँ प्रणाली अनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटका लागि कारोबार स्थगित हुनेछ।

त्यसैगरी दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनटका लागि कारोबार स्थगित हुनेछ भने कुनै पनि बेला ६ प्रतिशतले बजार घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित हुनेछ।

  • मार्केट डिलरको प्रतिवेदन तयार

मार्केट डिलरशिपमा विभिन्न संस्थाहरुलाई प्रवेश गराउनका लागि धितोपत्र बोर्डलाई नेपाल स्टक स्टक एक्सचेञ्जले मोडालिटी सहितको प्रतिवेदन बुझाएको छ।

नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष, शेयर दलाल व्यवसायीका साथै अन्य संस्थाहरुलाई बजार प्रवेश गराउन अपनाउनु पर्ने विधि र प्राविधिक विषयका बारेमा नेप्सेले बोर्डलाई प्रतिवेदन बुझाएको हो।

  • अक्सन मार्केट सञ्चालनमा ढिलाई

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डबीच समन्वय नहुँदा अक्सन मार्केट सञ्चालनमा आउन सकेको छैन।

नेप्से धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७४ मा अक्सन मार्केट सञ्चालन सम्बन्धी व्यवस्था गरेर बोर्डको अनुमतिको पर्खाइमा बसेको छ। तर बोर्डको आन्तरिक ढिलाइले अक्सन मार्केट सञ्चालनमा आउन सकेको छैन। Source: merolagani.com

You can share this post!

Next article